गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
३८ पटक हेरिएको
Shares
गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

सारांश

  • राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।
  • जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले रासससँग बताउनुभयो ।
  • निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा नौ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचन– २०७६ का लागि गण्डकी प्रदेशमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीको परिसरमा भोलि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान समय तोकिएको र निर्वाचनका लागि आवश्यक कर्मचारी, सुरक्षा प्रबन्धलगायतका सम्पूर्ण तयारी सकिएको कार्यालयका प्रमुख महेन्द्र सुवेदीले रासससँग बताउनुभयो ।

निर्वाचनका लागि दुई मतदान केन्द्र तोकिएको र प्रत्येक केन्द्रमा नौ जनाका दरले १८ कर्मचारी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी आवश्यक मात्रामा सुरक्षाकर्मीसमेत आजबाट नै परिचालन गरिएको बताइन्छ । “निर्वाचनलाई शान्तिपूर्ण र कुनै पनि बाधा अड्चन बिना सम्पन्न गर्नका लागि सबै तयारी सकिएको छ । समयै मदान शुरु गरेर भोलि नै साँझ ६ बजेभित्रमा मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ”, प्रमुख सुवेदीले भन्नुभयो ।

‘अन्य समूह’ र ‘महिला समूह’तर्फ गरी दुई पदका लागि हुने निर्वाचनमा प्रदेशसभा सदस्य ६० र ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख १७० गरी कूल २३० मतदाता रहेका छन् ।

प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ । प्रदेशसभाको दुई हजार ८८० र स्थानीय तहको तीन हजार ६० गरी कूल ५९४० मतभार गण्डकी प्र्र्रदेशमा छ ।

निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली काङ्गेसले दुबै पदमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमोर्चाले एक पदमा मात्र उम्मेदवारी दिएको छ । नेकपाबाट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘अन्य समूह’बाट र महिलातर्फ भगवती न्यौपाने उम्मेदवार हुनुहुन्छ । काँग्रेसले सूर्यप्रसाद रेग्मी र विमला गौचनलाई उम्मेदवार बनाएको छ । जनमोर्चाबाट ‘अन्य समूहमा’ शङ्कर बराल उम्मेदवार हुनुहुन्छ ।

नेकपाको प्रदेशसभामा ४० र स्थानीय तहमा ८३ गरी १२३ मतदाता छन् । नेकपाको कूल मतभार तीन हजार ४१४ छ । नेपाली काँग्रेसको प्रदेश सभामा १५ र स्थानीय तहमा ८१ गरी ९६ मतदाता छन् । काँग्रेसको कूल मतभार दुई हजार १७८ छ । राष्ट्रिय जनमोर्चाको प्रदेशसभामा तीन तथा अध्यक्ष स्थानीय तहमा तीन गरी छ मतदाता रहेकोमा १९८ मतभार छ ।

समाजबादी पार्टीको प्रदेशसभामा दुई मतदाता बराबर ९६ मतभार छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तहमा रहेको दुई मत बराबर ३६ मतभार छ । स्थानीय तहका एक स्वतन्त्र मतदाताको १८ मतभार छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउन सुझाव
म हुँदाहुँदै श्रीमान त अर्कैसँग पल्किएका रहेछन्
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो
मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ
मोहन वैद्यको प्रस्ताव : माओवादी केन्द्रसँग पनि एकता गरौँ
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
चिकित्सक संघ र  स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
चिकित्सक संघ र स्वास्थ्य मन्त्रालय विरूद्ध उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालत जाने !
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा
दोस्रो खेलमा नेपालले कमब्याक गर्ला?
दोस्रो खेलमा नेपालले कमब्याक गर्ला?
एमाले ‘डन’ को जीत, कांग्रेस ‘डन’ को हार
एमाले ‘डन’ को जीत, कांग्रेस ‘डन’ को हार