दोस्रो खेलमा नेपालले कमब्याक गर्ला?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ११, २०७५
|
|
५५ पटक हेरिएको
Shares
दोस्रो खेलमा नेपालले कमब्याक गर्ला?

सारांश

  • काठमाडौं ।
  • अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएपछि आफ्नो दोस्रो सीरिज खेलिरहेको नेपाल शुक्रबार प्रतिस्पर्धी यूएईभन्दा कमजोर देखियो ।
  • यूएईको दबईस्थित आईसीसी एकेडमी मैदानमा नेपालले टस हारेर पहिला ब्याटिंगको निम्तो पाएपछि नेपालको हार त्यति बेलौ अनुमान गरिएको थियो ।

काठमाडौं । अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको मान्यता पाएपछि आफ्नो दोस्रो सीरिज खेलिरहेको नेपाल शुक्रबार प्रतिस्पर्धी यूएईभन्दा कमजोर देखियो । यूएईको दबईस्थित आईसीसी एकेडमी मैदानमा नेपालले टस हारेर पहिला ब्याटिंगको निम्तो पाएपछि नेपालको हार त्यति बेलौ अनुमान गरिएको थियो ।

किनकी सो मैदानमा बिहानी शत्रमा पीच ओसिलो हुने र फास्ट बलरका लागि ड्रिम पीच हुने बताइन्छ । त्यसैल पनि यूएईका कप्तान नाभेदले टस जितेपछि नेपाललाई ब्याटिंगको निम्तो दिए ।

नाभेदको निर्णय उनका बलरहरु सही सावित गर्दा नेपाली ब्याटिंग लाइन भने धराशायी बन्यो । जम्मा ३३ ओभर ५ बल टिकेको नेपालले ११३ रनमात्र बनाउन सक्यो । त्यो मध्ये धेरै जसो रन पनि अन्तिमका ब्याट्सम्यानहरुले बनाए । बलर सोमपाल कामीले शुक्रबार फ्रन्टलाईनमा ब्याटिंग गर्दै सबैभन्दा धेरै ३० रनको योगदान दिँदा स्पीनर सन्दीप लामिछानेले पनि १५ रनको योगदान दिए ।

विशषज्ञ ब्याट्सम्यानका रुपमा टीममा समावेस गरिएका ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी र स्वयम कप्तान पारस खड्काले ब्याटिंगमा कुनै योगदान दिन सकेनन् । त्यसैले पनि शुक्रबारको खेल नेपालले हार्नुको मुख्य कारण ब्याटिंग नै रह्यो ।

ब्याटिंग चल्न नसकेपछि नेपालले बलिंगबाटमात्र जित्न सम्भवन थिएन र जितेन पनि । नेपाल ३ विकेटले पराजित हुन पुग्यो । शुक्रबारको खेलमा नेपालका थुप्रै कमजोरी देखिए ती मध्ये ब्याटिंग र खेलाडीको समायोजन नै मुख्य समस्या देखियो । फास्टबलरका लागि सहयोगी पीचमा कप्तान पारसले तीन जना विशषज्ञ स्पीनरका साथ मैदानमा उत्रिने निर्णय लिनु नै गलत थियो ।

किनकी स्पीनरको आवश्यकता परे स्वयम पारस पनि पार्ट टाइम स्पीनरको भूमिका खेल्न सक्ने एडभान्टेज थियो । फास्टबलरका लागि सहयोगी पीच  भएकाले उनले शुक्रबार मिडियम फास्ट बलिंग गरे ।

पुरा खेल भर यसै खेलबाट आडिआई डेब्यू गरेका ललित नारायण राजवंशीले एक ओभर पनि बलिंग गरेनन् भने बसन्त रेग्मीलाई टीममा राख्नुको उपयोगिता पनि देखिएन । त्यसैले नेपालले परम्परागत आफ्नो कमजोरीलाई बलियो बनाउन ब्याटिंग लाइन नै बलियो बनाउनु पथ्र्यो । त्यस्तो नहुँदा शुक्रबार नेपालले जित्न सक्ने खेल पनि गुमायो । १५० रन भन्दा माथिको लक्ष्य भएको भए नेपालको जित्ने सम्भावना बढ्ने अवस्था बलरहरुले बनाइदिएका थिए । यद्यपी स्कोर न्यून हुँदा उत्कृष्ट बलिंग हुँदा पनि नेपाल पराजित हुन पुग्यो ।

शुक्रबारको खेलअनुसार नेपालले शनिबार आफ्नो रणनीतिलाई केही परिवर्तन गर्न आवश्यक छ । नेपाली टीममा अलराउण्डरको कमी छैन। त्यसैले पनि ब्याटिंग लाइन बलियो बनाउने गरि प्लेइंग सूची बनाउनुपर्ने देखिन्छ । यस्तै रोहित पौडललाई टीममा समावेस गर्दा ब्याटिंग लाइन बलियो बन्छ भने बलिंगको पनि अप्शन हुन्छ । त्यसैले पनि ब्याटिंग लाइन सुधार गर्नुपर्ने देखिन्छ ।

शुक्रबारको खेलमा नेपालका लागि सबै चिज प्रतिकुल हुँदा यूएईको कमजोरी पनि खुलेको छ। यूएईको पनि ब्याटिंग लाइन कमजोर देखिएको छ। त्यसैले पनि नेपालले उनीहरुको कमजोरीअनुसार नै रणनीति बनाउनुपर्ने देखिन्छ ।

शनिबार नेपाले कमब्याक गर्न सक्यो भने एक ऐतिहासक सफलताको ढोका नजिक पुग्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु
प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु
Methods to Date a lady and Have a Conversation
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
आजदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आउने, यसो गर्न अझै निषेध
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
भ्रमण गएर फर्केका शिक्षक र विद्यार्थी बोकेको बस दुर्घटनामा २१ जनाको मृत्यु
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
अर्को साता बिस्तार हुने मन्त्रिपरिषद्मा मन्त्री बन्ने सम्भावनामा को को ???
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
‘शुभयात्रा नभनेको त्यो दिन’ -विद्या भट्टराई
आज आइतबार, कस्तो छ तपाईंको राशिफल
आज आइतबार, कस्तो छ तपाईंको राशिफल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर  सभापति देउवाले हुकुमी शासन चलाए  ;पौडेल
सरकारमा जाने मन्त्रीमा आफ्नो मान्छेमात्र छानेेर सभापति देउवाले हुकुमी शासन चलाए ;पौडेल
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि