इङ्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १७, २०८१
|
|
२७ पटक हेरिएको
Shares
इङ्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा

सारांश

  • काठमाडौं।
  • इङ्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ।
  • गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

काठमाडौं। इङ्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।

इङ्ल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो। इङ्ल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो। खेलको ९१औं मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए। यस अघि खेलको २५औं मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीट्जरल्याण्डको सामना गर्ने छ। यो खेल आगामी जुलाई ६ मा हुने छ। त्यस्तै हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?