गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १७, २०७६
|
|
२३ पटक हेरिएको
Shares
गफभन्दा पर्यटनमैत्री बाताबरण निर्माण गर्न मन्त्री भट्टराईलाई कांग्रेस नेता पौडेलको सुझाव

सारांश

  • युबा जागरण अभियानका संयोजक एबम् नेपाली कांग्रेसका युबा नेता ई.
  • चिन्तन पौडेलले सरकारका मन्त्रीहरुको तथ्यहिन भाषण र गफका भरमा नेपाल भ्रमण बर्ष २०२० मा देशमा पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रको बृहत्तर बिकास गर्न नसकिने र त्यो सरकारको सपनामात्र रहने बताएका छन ।
  • पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल भ्रमण बर्ष सफल बनाउन टँुडिखेलमा लाखौ मान्छे भेला गर्ने र बिदेशमा रहेका हरेक नेपालिले एक एक जना बिदेशी नागरिकलाई नेपाल घुम्न पठाउने योजना सार्बजनिक गरेको प्रति प्रतिक्रिया दिदै पौडेलले देशको समग्र वातावरण राम्रो र पर्यटनमैत्री बनाए मात्रै नेपालमा आउने पर्यटकको संख्या बढ्ने र समग्र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने बताएका हुन ।

युबा जागरण अभियानका संयोजक एबम् नेपाली कांग्रेसका युबा नेता ई. चिन्तन पौडेलले सरकारका मन्त्रीहरुको तथ्यहिन भाषण र गफका भरमा नेपाल भ्रमण बर्ष २०२० मा देशमा पर्यटक भित्र्याउन र पर्यटन क्षेत्रको बृहत्तर बिकास गर्न नसकिने र त्यो सरकारको सपनामात्र रहने बताएका छन ।

पर्यटन मन्त्री योगेश भट्टराइले नेपाल भ्रमण बर्ष सफल बनाउन टँुडिखेलमा लाखौ मान्छे भेला गर्ने र बिदेशमा रहेका हरेक नेपालिले एक एक जना बिदेशी नागरिकलाई नेपाल घुम्न पठाउने योजना सार्बजनिक गरेको प्रति प्रतिक्रिया दिदै पौडेलले देशको समग्र वातावरण राम्रो र पर्यटनमैत्री बनाए मात्रै नेपालमा आउने पर्यटकको संख्या बढ्ने र समग्र पर्यटन क्षेत्रको बिकासमा टेवा पुग्ने बताएका हुन ।

बिदेशमा रहेका नेपालीले नेपाल भ्रमण गर्न पर्यटन पठाउने योजना बनाउनु भन्दा पनि बिभिन्न माध्यमहरुबाट राष्ट्रको नीति र शान्ति, सुरक्षाको ब्यबस्थाका बारेमा सकारात्मक सन्देश प्रबाह गर्न र पर्यटन मैत्रि पुर्बाधारहरुको बिकास गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।

सुबिधासम्पन्न एअरपोर्ट, पक्कि बाटोघाटो, सरसफाइ, शान्तिसुरक्षा, बस्ने ठाउँ, पर्यटकका लागि उचित गन्तब्य इत्यादि सबै कुराको उपयुक्त प्रबन्ध भएको अनुभुति गराउन नसकेसम्म देशको पर्यटन उद्योगलाई माथि उकास्न सकिने गरी पर्यटक भित्र्याउन नसकिनेमा पौडेलले जोड दिए ।

देशको वातावरण सुधार्न आग्रह गर्दै उनले देशको समग्र वातावरण सुधार्न र पर्यटनमैत्री वाताबरण निर्माण गर्न ध्यान नदिने हो भने सरकारी हो(हल्ला र अस्पस्ट योजनाले मात्रै पर्यटक नआउने र मुलुकको आर्थिक समृद्धि नहुने दाबी गरे ।

सरकारका गलत कदम र नीतिका कारण अन्तराष्ट्रिय क्षेत्रमा देशको छबि सकारात्मक बन्न नसकेको र नेपाल भ्रमण बर्ष सफल पार्न सरकार स्वयं गम्भिर नबनेको टिप्पणी गर्दै पौडेलले सरकारले देशको बारेमा सकारात्मक सन्देश प्रबाह हुने वातावरण बनाउन लाग्नु पर्नेमा जोड दिए ।

युवा नेता पौडेलले पर्यटनमन्त्री भट्टराईप्रति इङ्गित गर्दै जुन जोगी आए पनि कानै चिरेको जस्तो केपी ओलीको जस्तो गफ र सस्तो लोकप्रियताले मुलुकको पर्यटन क्षेत्रको बिकास नहुने र नेपाल भ्रमण बर्ष(२०२० सफल नहुने भन्दै, पर्यटनमन्त्रीले पर्यटकले हिड्ने सुबिधाजनक बाटो छ कि छैन, प्रदुषणमुक्त वातावरण छ कि छैन, पर्यटनमैत्री पूर्वाधारहरुको विकासमा सरकारको ध्यान छ कि छैन भन्ने कुराको अध्ययन गर्नु पर्ने र पर्यटन मैत्रि वातावरण निर्माणमा कटिबद्ध भएर लाग्नु पर्ने कुरामा जोड दिदै ध्यानाकर्षण समेत गराए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?