रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर – साझा पार्टी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
११०४ पटक हेरिएको
Shares
रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर  – साझा पार्टी

सारांश

  • काठमाडौं/साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय गरेको छ ।
  • साझा पार्टीले पार्टीका केन्द्रीय संयोजन समिति सदस्य रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर तथा शोभा शाक्यलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।
  • शनिबार विज्ञप्ति जारी गरी सो पार्टीले रत्न आभूषण व्यवसायी ५३ वर्षीय महर्जनलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको हो ।

काठमाडौं/साझा पार्टीले ललितपुर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार तय गरेको छ । साझा पार्टीले पार्टीका केन्द्रीय संयोजन समिति सदस्य रमेश महर्जनलाई ललितपुर महानगरपालिकाको मेयर तथा शोभा शाक्यलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

शनिबार विज्ञप्ति जारी गरी सो पार्टीले रत्न आभूषण व्यवसायी ५३ वर्षीय महर्जनलाई उम्मेदवार बनाउने निर्णय भएको जनाएको हो । महर्जन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य हुन् ।  उपमेयरकी उम्मेदवार ५४ वर्षीया शाक्य शाक्यसिंह बिहारकी उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?