साढे तीन करोड भन्दा बढीको लागतमा २ ओटा स्वास्थ्य चौकी भबन निर्माण
सारांश
- उदयपुर १०,कार्तिक।
- उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् ।
- जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उदेश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका छन् ।
उदयपुर १०,कार्तिक।उदयपुरको रौतामाई गाउँपालिकामा यसै बर्ष साँढे तीन करोड बढिको लागतमा दुई वटा सुबिधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएकाछन् ।जिल्लाको दुर्गम क्षेत्रका सर्वसाधरणलाई सेवा दिने उदेश्यले निर्माण सम्पन्न दुबै स्वास्थ्य चौकी भवनको उद्घाटन प्रदेशनं १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले कात्तिक ९ गते गरेका छन् ।सहरी विकास मन्त्रालयको सहयोगमा रौतामाई गाउँपालिका वडानं १ डहरमा १ करोड ८२ लाख रुपिँयाको लागतमा भर्खरै भवन निर्माण सम्पन्न भएको हो । ३ करोड रुपिँया स्वीकृत भएकोमा रौता कस्ट्रक्सन प्रा.ली. गाईघाटले १ करोड ८२ लाखमा ठेक्का लिई निर्माण कार्य सुरु गरेका स्वास्थ्य चौकीका अनमी दुर्गादेवी दाहालले जानकारी दिईन ।
भवन निर्माणसँगै सेवा उपलब्ध गराउन सके रौतामाईको वडानं १,२,३ र ताप्लि र लिम्चुङबुङका सर्वसाधरणलाईसमेत सेवा दिन सकिने स्वास्थ्य चौकी प्रमुख हेल्थ असिस्टेन्ट शंकरनाथ यादवले जानकारी दिए । गाउँपालिका भित्रको सबैभन्दा दुर्गम र पहाडी भेगको वडा भएकाले स्वास्थ्य सेवाका लागि स्थानीयबासी १० घण्टा लगायर यातायातका साधनबाट सदरमुकाम र कटारी झर्न बाध्य रहेको वडाध्यक्ष रुद्रबहादुर कार्कीले बताए ।
त्यसैगरी रौतामाई गाउँपालिकाको वडानं ४ माल्बासेमा १ करोड २४ लाख २९ हजार ७६ रुपिँयाको लागतमा १८ कोठे भवन निर्माण भएको छ । सहरी विकास मन्त्रालयको सहयोगमा निर्माण भएको भवन २०७४ भदौ महिनामा भानुमती निर्माण सेवा गाईघाटले सम्झौता गरी काम सुरु गरेको र दुबै स्वास्थ्य चौकीमा ल्याव, एक्सरे, वर्थिङसेन्टर, ओपिडी, परिवार नियोजन लगायतका सेवा दिने गरी भवन तयार गरिएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । स्वास्थ्यचौकी स्त्तोरोन्नती हुँदा १५ सैयाँसम्मको सेवा उपलब्ध गराउन सक्ने गरी भवनको तयारी गरीएको उनको भनाई छ ।
भवन उद्घाटन गर्दै मन्त्री घिमिरेले आवश्यक जनशक्ति र सेवाविस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश सरकारले चिकित्सक उत्पादनका लागि विशेष योजना बनाई यसै बर्ष देखि प्रदेश भित्रका बिद्यार्थीलाई पढ्ने सेवा बिस्तार गरिएको बताए ।
उनले भने, ‘चिकित्सक अभाव समस्या समाधानका लागि, बिद्यार्थीलाई सहुलियतमा पढाउने र तोकिएको ठाउँमा सेवा दिने गरी नीतिहरु बनाएका छौ, जुन यसै बर्षदेखि कार्यान्वयन हुनेछ ।’
घिमिरेले सरकारले दिने सेवा सुबिधा र निशुल्क औषधि उपचारको बारेमा बेलामौकामा निरीक्षण गरी प्रदेश सरकारको ध्यानाकर्षण गराउन समेत सबै पंक्षलाई आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद बिमल कार्की, अम्बिका थापा, सुनिता चौधरीलगायतले बोलेका थिए ।
प्रतिक्रिया