दीपकराज गिरीलाई कडा कारवाहीको माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २, २०७३
|
|
९३० पटक हेरिएको
Shares
दीपकराज गिरीलाई कडा कारवाहीको माग

सारांश

  • चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् ।
  • कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् ।
  • नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदी (रुपेश) ले आत्महत्या गरेको बताएका छन् ।

चलचित्र छक्का पञ्जाका निर्माता एवं कलाकार दीपकराज गिरीलाई कडा कारवाहीको माग गर्दै आईतबार विभिन्न कलेजका विद्यार्थीहरुले -याली निकालेका छन् । कलाकार गिरी कृष्ण सुवेदीको हत्यारा भएको समेत उनीहरुले आरोप लगाएका छन् ।


नोबेल कलेज, सिस्ट कलेज र कर्णाली कलेजका विद्यार्थीहरुले कलाकार गिरीले मानसिक यातना दिएकै कारण कृष्ण सुवेदी (रुपेश) ले आत्महत्या गरेको बताएका छन् ।
चलचित्र छक्का पञ्जाको पाईरेसीको आरोपमा गत पुस २८ गते आत्महत्या गर्न बाध्य भएका नोबेल कलेजका विद्यार्थी कृष्ण सुवेदीको स्मृतिमा विद्यार्थीहरुले आईतबार -याली समेत निकालेका थिए । उक्त -याली सिनामंगलबाट सुरु भई पुरानो बानेश्वर, नयाँ बानेश्वर र बिजुलीबजार हुँदै माईतीघर मण्डलामा पुगी टुंगिएको थियो । नोबेल विद्यार्थी परिषद्का अध्यक्ष प्रशान्तजंग कुँवरको नेतृत्वमा -याली निकालिएको हो ।
विद्यार्थीहरुले कलाकार गिरीलाई हदैसम्मको कारवाही गर्नुपर्ने र छक्का पञ्जा पाईरेसी भएको विषयमा छानविन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीहरुले यस घटनाको सम्बन्धमा निष्पक्ष छानविन गर्न समेत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन पेश गरेका छन् ।

यसैबीच नेपाल विद्यार्थी संघ कुमारवर्ती बहुमुखी क्याम्पस कावासोती र नेविसंघ मध्यविन्दु बहुमुखी क्यामपस ईकाईले समेत कलाकार गिरीलाई कारवाही गर्नुपर्ने माग राखेको छ । दुवै इकाईले कृष्ण सुवेदीको मृत्यु भएको विषयलाई लिएर कारवाहीको माग गरेको हो । कलाकार गिरीलाई कानुनी कारवाही नगरेसम्म नवलपरासीको कावासोतीमा गिरीको कुनैपनि कार्यक्रम हुन नदिने दुवै नेविसंघ कावासोती ईकाईले जनाएको आनलाइन  टीभी अन्नपूर्ण ले उल्लेख गरेको छ  भने उता ई-कान्तिपुर  का अनुसार :

चलचित्र ‘छक्का–पञ्जा’ पाइरेसीको आरोप लागेका जिल्लाको कावासोतीका २३ वर्षीय कृष्ण सुवेदीका परिवारले घटनाको निष्पक्ष छानविन गर्न माग गरेका छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको मृतकका परिवारको दाबी रहेको छ ।

मृतकका दाजु हरि सुवेदीकाअनुसार घटना शंकास्पद देखिएकोले आत्महत्या नभै हत्या भएको छ । ‘भाइले घाँटीमा लगाएको सुनको सिक्री समेत छैन, अनि कोठाको ढोका समेत खुल्ला र सुसाईट नोटमा स्पगष्ट लेखिएको छ’ सुवेदीले भने । सुसाईट नोटमा समेत भाइको नै अक्षर भएकाले बारम्बार मानसिक तनाव, धम्कीको कारण यस्तो दुखद घटना घटेको उनको भनाइ छ ।

अध्ययनमा सधै अब्बल मृतक सुवेदी आइतबारबाट धुलिखेल अस्पतालमा आबद्ध हुनका लागि नियुक्ति पत्र लिने भन्दै बिहीबार काठमाडौं गएका थिए । काठमाडौंको सिनामंगलमा जिल्लाको गैंडाकोटका एक साथीसँगै बस्दै आएका सुवेदी सोमबार कावासोती आएर परिवारसँग सल्लाह गरेरै बिहीबार काठमाडौं गएकै दिन यस्तो घटना घटेको हो । दिउँसो २ बजे दाजुसँग फोन सम्पर्क भएको थियो । घटनाबारे थाहा पाएपछि भाइको नम्बरमा पटक पटक फोन गर्दा प्रहरीले फोन उठाएर घटनाबारे जानकारी गराएको पारिवारीक स्रोतले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिना २२  दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
६ महिना २२ दिन बसे सत्ता बाहिर, के के छन् प्रधानमन्त्री ओलीका चुनौति!
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
जनकपुरका सबै सार्वजनिक यातायात सेवा ठप्प, यात्री मर्कामा
जनकपुरका सबै सार्वजनिक यातायात सेवा ठप्प, यात्री मर्कामा
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
नागरिकता विधेयकमा जबरजस्ती राम्रो हुँदैन-प्रदीप ज्ञवाली
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
प्रोत्साहन र अतिरिक्त भत्ता खारेज
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
केपी ओली : सुकुम्बासी जीवनदेखि मुलुककै शक्तिसाली व्यक्तिसम्म
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ:  प्रचण्ड
राजनीतिक परिवर्तनलाई सदुपयोग गर्न नसके देश फेरि अराजकता तिर जान्छ: प्रचण्ड
गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्रीले लिन सकेनन् विश्वासको मत
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ
निर्मला पन्त हत्या प्रकारण : गृहमन्त्री रामबहादुर थापाले दिए यस्ताे जवाफ

तपाईंले छुटाउनुभयो कि?