प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
३१ पटक हेरिएको
Shares
प्रियंका चोपडाको फड्को, हलिउडको सुपरहिरो फिल्ममा मुख्य भूमिका

सारांश

  • काठमाडौं।
  • प्रियंका चोपडाले ठूलो हलिउड प्रोजेक्टमा अवसर पाएकी छिन् ।
  • रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

काठमाडौं। प्रियंका चोपडाले ठूलो हलिउड प्रोजेक्टमा अवसर पाएकी छिन् । रोबर्ट रोड्रिगेजले निर्देशन गर्ने ‘वी क्यान बी हीरोज’ मा प्रियंकाले मुख्य भूमिका निर्वाह गर्दैछिन् । यो डिजिटल प्लेटफार्म नेटफ्लिक्समा रिलिज हुनेछ । ‘वी क्यान बी हीरोज’ बालबालिकाहरुको सुपरहिरो फिल्म हो । रोबर्ट रोड्रिगेजले यसअघि स्पाइ किड्स, सिन सिटी तथा एटिला(ब्याटल एञ्जिल जस्ता फिल्महरु निर्देशन गरिसकेका छन् ।

पछिल्लो समय प्रियंका चोपडा बलिउडमा निकै छाएकी छिन् । प्रियंकाले ड्वेन जोनसनसंग ‘बेवाच’ मार्फत हलिउडमा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले ‘अ किड लाइक ज्याक’ तथा ‘इजन्ट इट रोमान्टिक’ मा अभिनय गरिसकेकी छिन् । ‘अ डिक लाइक ज्याक’ फिल्म भारतमा प्रदर्शन भएको थिएन, जबकि ‘इज इन्ट इट रोमान्टिक’ भारतमा नेटफिल्क्समा मात्र प्रदर्शन भएको थियो । तर नेटफिल्क्स ओरिजिनलका लागि प्रियंकाले पहिलो पटक काम गरेकी हुन् । त्यसो त उनको स्पाइ सीरीज ‘क्वान्टिको’ पनि नेटफ्ल्क्सिमा उपलब्ध छ ।उडको सुपरहिरो फिल्ममा मुख्य भूमिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?