गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

सारांश

  • भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ ।
  • स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको हो ।
  • “हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्नसक्ने हुनुभएको छ” मन्त्री अर्यालले भन्नुभयो,“यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।

भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ ।

स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको हो ।

“हिजोका दिनमा परनिर्भरतामा रहेका महिला दिदीबहिनी आज आत्मनिर्भर बन्दै अगाडि बढ्नसक्ने हुनुभएको छ” मन्त्री अर्यालले भन्नुभयो,“यो सुखद पक्ष हो यसलाई जोगाइ राख्न आवश्यक छ ।”

उहाँले बचत तथा ऋण सहकारी संस्थाले बचत र ऋणको मात्रै कारोवार नगरी उत्पादनसँग जोडिएर जनमैत्री सहकारी कानून निर्माण गरी उत्पादनमा जोडिन पाउने ऐन बनाउने तयारीमा सरकार रहेको जानकारी दिँदै भन्नुभयो, “सरकारले कार्यक्रम दिन्छ, नीति दिन्छ, जीवन बदल्ने कार्यक्रम सहकारीमार्फत शुरु गर्ने तयारीमा सरकार रहेको छ ।”
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएको करोडौंको उपकरण नष्ट हुने अवस्थामा
मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएको करोडौंको उपकरण नष्ट हुने अवस्थामा
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
मन्त्रालयको कार्यप्रगतिको अनुगमन गर्दै प्रधानमन्त्री ओली
दुबई सरकारले ल्यायो नयाँ नियम, अब दुबई जान नेपालीलाई झन् महंगो
दुबई सरकारले ल्यायो नयाँ नियम, अब दुबई जान नेपालीलाई झन् महंगो
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
सलमान खानले आफ्नो ममी सँग गरेको डान्स सोशल मिडियामा भाइरल हुँदै
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
विदेशबाट फर्किएका काभ्रेलीमा कोरोना भाइरस नेगेटिभ
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
दाङमा सवारी दुर्घटना : ६ महिनामा २५ जनाले ज्यान गुमाए
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
क्षेत्रपाटीबाट अहिलेसम्मकै ठूलो परिणामको अवैध सुन बरामद
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस