रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना

सारांश

  • रोल्पा, २३ फागुन ,जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ ।
  • सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ ।
  • विद्यार्थीलाई सामूहिक रुपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल गणले जानकारी दिएको छ ।

रोल्पा, २३ फागुन ,जनतासँगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी सँगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ ।

सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ । विद्यार्थीलाई सामूहिक रुपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल गणले जानकारी दिएको छ ।

विद्यालयमा रहेका शौचालय पुराना हुनाका साथै विद्यार्थीको चापअनुसार पर्याप्तसमेत नभएकाले निर्माणका लागि सेनासँग गरिएको अनुरोधका आधारमा सुविधायुक्त शौचालय निर्माण भइरहेको तारा मावि वामरुकका प्रधानाध्यापक ओवीलाल महराले बताउनुभयो । शौचालय निर्माण सँगै विद्यालयका ४८० विद्यार्थी र १५ जना शिक्षकलाई सुविधा पुग्ने महराले बताउनुभयो ।

सेनाको सहयोगले विद्यालय सरसफाइमा महत्वपूर्ण सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कँवरले आशा व्यक्त गर्नुभयो । यसपूर्व निर्माण गरिएका शौचालयमा पानीको सुविधा नहुनाका साथै अपांगमैत्रीसमेत नभएकामा सेनाको सहयोगमा निर्माण गरिएका शौचालयमा सुविधायुक्त रहेको कँवरले बताउनुभयो । “विद्यालय सुधारका लागि आगामी दिनमा समेत सेनाको सहयोगको अपेक्षा गरेका छौँ”, कँवरले भन्नुभयो ।

उता रोल्पा नगरपालिकाकै खुमेलमा खड्ग दल गणका गणपति अजय गुरुङको व्यक्तिगत लगानीमा ‘समाज घर’ निर्माण कार्य भइरहेको छ । सामाजिक काम गर्दा रूखमुनि बस्न बाध्य भएको भन्दै समाज घर निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरेकाले जनताको श्रमदान र गणपतिको आर्थिक सहयोगमा सो घर निर्माण भइरहेको बताइएको छ । जनता घर निर्माण सँगै महिला समूहको बैठक, प्रौढ कक्षा सञ्चालन लगायतका सामाजिक काममा सहज हुने स्थानीयवासीले बताएका छन् ।

यसपूर्व नेपाली सेनाको खड्क दल गण, रोल्पाले आफ्नै लगानीमा विद्यालय भवन, सडक निर्माण, खेलमैदान निर्माण लगायतका काम गरिसकेको थियो । विकासमा पछाडि परेको उत्तरी रोल्पाको विकास गतिविधिलाई प्राथमिकता दिएको सेनाले जनताको मागको आधारमा जिल्लाका अन्य स्थानमा समेत सहयोग गरिरहेको बताइएको छ । २५ वर्षअघि निर्माण आरम्भ गरिए पनि सम्पन्न हुन नसकेको सुलिचौर–थवाङ सडकको सिरक्याङ भिर नेपाली सेनाद्वारा फोडिए सँगै यसै वर्षदेखि सवारी साधन आवतजावत गर्न थालेका छन् । कडा चट्टान र भिरालो जमिनका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदै आएकोमा नेपाली सेनाले निर्माणको जिम्मा लिएसँगै सो कार्य यसै वर्ष सम्पन्न भएको हो ।

उता समुदायकै लगानीमा नमूना विद्यालय अभियान सञ्चालन गरेको वीर बलभद्र मावि थवाङमा भवन नहँुदा विद्याथी चौरमा पढ्न बाध्य हँुदै आएकामा नेपाली सेनाकै सहयोगमा विद्यालय भवन निर्माण भएको थियो । विशेषज्ञ डाक्टरको उपस्थितिमा रोल्पाको थवाङमै नेपाली सेनाले स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

होलेरी–थवाङ शहीद मार्गअन्तर्गत दुईखोली सडकखण्डको पहरा काट्ने कामसमेत नेपाली सेनाको सहयोगमा यसै वर्ष सम्पन्न भएको थियो । जनताको मागका आधारमा जिल्लाका विभिन्न स्थानमा विकास निर्माणका काममा सहयोग हुँदै आएको खड्ग दल गणका गणपति अजय गुरुङले बताउनुभयो ।

“जनतासँग सहकार्य गरेर काम गरिरहेका छौँ”, गुरुङले भन्नुभयो । जनताको श्रमदान एवम् आफूहरुको मानवीय र आर्थिक सहयोगमा विकास निर्माणका काम भइरहेको नेपाली सेनाको खड्ग दल गणले बताएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
पूर्वकर्मचारीद्वारा सिईओ र एमडीको हत्या
श्यामसुक्ला इन्टरटेन्मेनटकाे नेपाली सर्ट मुभि गाेलमाेल सार्वजनिक
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
नवनियुक्त प्रहरी महानिरीक्षकलाई दज्र्यानी चिह्न प्रदान  व्यक्ति केन्द्रित दौडमा नलाग्न
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
माधव नेपाल आक्रामक बनेपछि एमाले फुटको नजिक
डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)
डि मोर्चा ब्याण्डको दशैँ गीत बजारमा (भिडियोसहित)
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
नयाँ गृहमन्त्री आएलगत्तै सशस्त्रले माग्यो संगठन सुधारको कार्ययोजना
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
काम गर्दै जाँदा भएका गल्ती प्रधानमन्त्रीले सच्याउनुपर्छ : योगेश भट्टराई
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

तपाईंले छुटाउनुभयो कि?