नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
१७ पटक हेरिएको
Shares
नेकपा सचिवालयमा तत्काल सदस्य थपिँदैन

सारांश

  • काठमाडौं।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ।
  •  यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए।

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सचिवालयमा सदस्य थपका लागि प्रस्ताव गरिए पनि तत्काल थप नहुने भएको छ। यही भदौ १ गतेको सचिवालय बैठकमा वरियतामा छलफल हुँदा वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालीन नेकपा (एमाले) मा रहेका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीलाई सचिवालय सदस्यमा थप गरिनुपर्ने प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकपछि पत्रकारको जिज्ञासामा सचिवालय सदस्य वामदेव गौतमले भने, “सचिवालयमा सदस्य थप्ने अहिले सोचाइ छैन र पार्टीमा कुनै त्यस्तो विवादको अवस्था छैन। पार्टीमा पूर्व एमाले र पूर्व माओवादीको गुट छैन, नेकपाको एउटै गुट छ।”

भदौ १ गतेकै बैठकले अध्यक्षद्वयपछिको पहिलो वरिष्ठ नेतामा भलनाथ खनाल र त्यसपछिको वरिष्ठमा नेता नेपाल रहने निर्णय गरेको थियो। त्यसअघि नेता नेपाल वरिष्ठतामा भने पहिलो वरियतामा थिए। नेता खनालले तत्कालीन एमालेमा आफू निवर्तमान अध्यक्षका हैसियतमा पहिलो वरिष्ठ नेताका रुपमा रहेकाले एकीकरणपछि पनि सोही वरियता हुनुपर्ने माग गर्दै आएका थिए।

हाल नेकपामा तत्कालीन एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु खनाल, नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित नौ सदस्यीय सचिवालय छ। तत्कालीन एमालेमा रहेका उपाध्यक्षमध्ये गौतम मात्र र उपमहासचिव रहेका पौडेल एकतापछिको सचिवालयमा पर्नु तर

अन्य उपाध्यक्ष नपर्नुले पूर्ववत् वरियताको स्पष्ट मापदण्ड नभएको नेता नेपालको जिकिर छ। चिवालय बैठकले पार्टीको विभिन्न जनसङ्गठनका इञ्चार्ज र विशेष जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको थियो। वरिष्ठ नेताको वरियता हेरफर र ती निर्णयमा नेता नेपालले सात बुँदे ‘नोट अफ डिसेन्ट’ लेखेका थिए। उनले पार्टीमा एक पद, एक जिम्मेवारीका लागि पनि वकालत गर्दै आएका छन्।

पार्टीका प्रवक्ता श्रेष्ठले पनि नेता नेपालको फरक मत हाल प्रस्तावका रुपमा बैठकमा छलफल नहुने स्पष्ट गरिसकेका छन्। अध्यक्ष एवं प्रधानमन्त्री ओली स्वास्थ्योपचारका लागि आज सिङ्गापुर जागेकाले अध्यक्ष प्रचण्डको अध्यक्षतामा चाँडै बस्ने सचिवलाय बैठकले साङ्गठनिक एकताका बाँकी कामबारे निर्णय गर्ने आजको सचिवालय बैठकमा समझदारी भएको छ।

एकीकरणले पूर्णता नपाउँदा कार्यकर्तामा निराशा र आशङ्का अन्त्य भएको छैन भने सरकार र पार्टीबीचको समन्वयमा पनि बेलाबखत विवाद उत्पन्न हुँदै आएको छ। नेता गौतमले एकतापछि केन्द्रीय विभाग गठन भएकाले अब अन्य साङ्गठनिक कामले पनि गति लिने जनाए। उनले आफूलाई पार्टीको उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीले अनुमोदन गरेपछि विधान संशोधनपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट गरे।

गत साउन ३१ गतेको सचिवालय बैठकले गौतमलाई पार्टीमा उपाध्यक्ष बनाउन स्थायी कमिटीमा प्रस्ताव गर्ने निर्णय गरेको थियो। ‘यो निर्णयले तपाईं पार्टीमा पुनःशक्तिशाली बन्नुभएको भनिन्छ नि’ भन्ने पत्रकारको प्रश्नमा नेता गौतमको जवाफ थियो, “त्यस्तो होइन, म हिजो जे थिएँ, आज पनि त्यहीँ छु। मेरो भूमिका उही रहनेछ ।” पार्टी एकताका लागि निर्णायक भूमिका खेलेका गौतम केन्द्रीय सङ्गठन विभागको प्रमुख र अखिल नेपाल किसान महासङ्घको इञ्चार्ज पनि छन्।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकता भएको थियो। एकतापछि अध्यक्ष दुई, एक महासचिव र अन्य नेता सचिवालय सदस्य रहने गरी अन्तरिम विधान जारी गरिएको थियो। पार्टीले ‘जनताको बहुदलीय जनवाद’ र एक्काइसौँ शताब्दीको जनवाद’लाई थाँती राखी तत्कालका लागि ‘जनताको जनवाद’ को विचारलाई मार्गदर्शक मान्ने र दीर्घकालीनरुपमा वैज्ञानिक समावादमा पुग्ने लक्ष्य लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
कर्णाली प्रदेश मा मुख्यमन्त्री हटलाइन सेवा सुचारू
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
साइबर क्राइम बढ्न थालेपछि सामुदायिक प्रहरीले थाल्यो यस्तो काम
बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
बर्लिनमा राष्ट्रपति पौडेललाई गार्ड अफ अनर
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
प्रधानमन्त्री ओलीको नेतृत्वमा ११९ जनाको जम्बो टोली चीन भ्रमणमा, को को छन्, नाम सहित
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
एमाले पोलिट ब्युरो र केन्द्रीय समिति बैठक स्थगित, विवादित विषयमा दुर्इ अध्यक्षबीच छलफल
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
भदौं १७ विहिवारको राशिफल यस्तो छ
भदौं १७ विहिवारको राशिफल यस्तो छ
कञ्चनपुरमा फेरि बालिका बलात्कृत!
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?
हिमाली बौद्ध धर्मावलम्वीले मनाउने सागा दावा के हो ?

तपाईंले छुटाउनुभयो कि?