विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २४, २०७९
|
|
३५ पटक हेरिएको
Shares
विद्यालयको लापरबाहीका कारण छात्राको मृत्य, दर्जनौँ राउण्ड हवाइ फायर

सारांश

  • काठमाडौँ ।
  • सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ ।
  • महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ ।

काठमाडौँ । सिरहाको एक निजी विद्यालयको लापरबाहीका कारण छात्राको मृत्यु भएको छ । महिनावारीका कारण पेट दुखेपछि छात्राले औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट खाँदा छात्राको ज्यान गएको प्रहरीले जनाएको छ । खानेपानीको बोतलमा रहेको स्प्रीट पिउँदा छात्राको मृत्यु भएको हो ।

मिर्चैयास्थित सगरमाथा हायर सेकेन्ड्री स्कूलमा अध्ययनरत सिरहा नगरपालिका–११ पदमपुरका धर्मेन्द्र महराको १६ वर्षीया छोरी सृजना कुमारी महराको मृत्यु भएको हो । पेट दुखेपछि औषधि सेवन गर्नेक्रममा स्प्रिट खाएकी उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिनावारीका कारण पेट दुखेपछि सृजनाले शुक्रबार स्कूलकै एक शिक्षिकाले दिएको औषधि सेवन गर्ने क्रममा पानीको सट्टा स्प्रिट पिएकी हुन् । तर, पानी भनेर स्प्रिट पिएकी उनलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा विद्यालयका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी केही भएको छैन भन्दै घर पु¥याइदिएको पीडित परिवारको आरोप छ ।

‘सृजनाले पानीको सट्ट थोरै स्प्रिट खाएकोले नसा लागेको छ, केहीबेर सुतेपछि ठिक भइहाल्छ’ भन्दै सृजनालाई घरमा छाडिदिएर प्रिन्सिपल तिवारी फर्किएको लेसृजनाका बुबा धर्मेन्द्र महराले बताउनुभयाे। उहाँले भन्नुभयाे, ‘तिवारी सरले थोरै स्प्रिट खाएको भनेपछि हामीले पनि विश्वास गर्‍यौँ । विस्तारै अवस्था असहज बन्दै गएपछि अस्पताल पु¥यायौँ । तर, अस्पताल लैजाँदा ढिलो भइसकेको रहेछ । शिक्षकको विश्वासमा पर्दा छोरी गुमाउनु पर्‍यो ।’

मृतकको परिवारले संस्थापकसहित चार जनाविरुद्ध किटानी उजुरी दिएपछि प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । सागरमाथा हायर सेकेन्डरी बोर्डिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल प्रदिप तिवारी र सोही विद्यालयमा कार्यरत शिक्षिका अम्बिका लम्साललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता आक्रोशित विद्यार्थीले बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैया बजार क्षेत्रमा सडक जाम गरिरहेको छन् । जाम खुलाउने क्रममा भएको झडपमा इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी हरिबहादुर ओलीसहित सात जना सुरक्षाकर्मी घाइते हुनुभएकाे ५ । घाइतेमध्ये प्रहरी असई सुरेन्द्र यादवको थप उपचारको लागि काठमाडौं लागिएको र बाँकी समान्य घाइते भएकाले उनीहरुको स्थानीय मङ्गलम अस्पतालमा उपचार भइरहेकोे डीएसपी ओलीले जानकारी दिनुभयाे।

प्रहरीले आन्दोलनमा विद्यार्थीभन्दा अन्यको घुसपैठ भएको आरोप लगाएको छ। उनीहरुले आन्दोलनलाई उत्तेजित बनाउने काम गरिरहेको र पेट्रोल बमसहित ढुङ्गामुडा गरेको प्रहरीको भनाइ छ।

सडक जाम खुलाउन प्रहरीले दर्जनाैँ राउण्ड हवाइ फायर र आशुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
एसपीसी सम्झौतबारे प्रधानमन्त्रीले तत्काल सदनलाई जवाफ दिनुपर्छ : गगन थापा
भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी
भारतलाई जवाफ दिने पाकिस्तानको चेतावनी
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन, अर्काे बैठक भदाै ६ गते हुने !
ढोरपाटनमा आगलागी हुँदा ३० घर जलेर नष्ट
ढोरपाटनमा आगलागी हुँदा ३० घर जलेर नष्ट
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
मन्त्री भुसालद्वारा पशुपन्छी विकास कार्यालय छड्के अनुगमन
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
जनताको जलविद्युत् : माथिल्लो त्रिशुली थ्री बीको शेयर बिक्री सुरु
एमाले कार्यकर्ताको हत्या, झडपमा चार घाइते
‘प्रदेश ३ को राजधानी काठमाडौँ उपत्यकामा कुनै हालतमा हुन दिन्न’
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
“उम्मेदवार र सुरक्षाकर्मीलाई लक्षितगरी हिंसा हुनु चिन्ताको विषय हो “-प्रधानन्यायाधीश श्रेष्ठ
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’
Salman Khan gets emotional after watching Salim Khan’s message on ‘Dus Ka Dum 3’

तपाईंले छुटाउनुभयो कि?