प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रहरी र तीनपाङ्ग्रे व्यवसायीबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस र गोली प्रहार (फोटो फिचरसहित)

सारांश

  • चितवन, ९ साउन ।
  • भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएपछि यातायात मजदुरहरु आन्दोलनमा उत्रिएका छन् ।
  • प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे व्यवसायी र प्रहरीबीच केन्द्रीय बस टर्मिनल चोकमा झडप भएको छ ।

चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले तीनपाङ्ग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाएपछि यातायात मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे व्यवसायी र प्रहरीबीच केन्द्रीय बस टर्मिनल चोकमा झडप भएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले दर्जनौं अश्रुग्याँस प्रहार गरेको छ । केही राउण्ड गोली समेत चलाइएको छ । आन्दोलनकारीले प्रहरी चौकीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले फायरिङ गरेको बताएको छ । प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक ढुङ्गा हानाहान समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय नजिक प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे चालक, व्यवसायी र प्रहरीबीच झडप समेत भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर केही प्रदर्शनकारी घाइते भएका छन् भने प्रर्दशनकारीको ढुङ्गा लागेर ५ प्रहरी जवान घाइते भएका छन् । प्रहरी जवान हर्कबहादुर दराई, नेत्र बुढाथोकी, केशव पाण्डे, सुरज विक र गोपाल पाठक घाइते भएका हुन् । घाइतेको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनमा उत्रिएका तीनपाङ्ग्रे चालक र व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै म्याजिक तोडफोड गरेका छन् । प्रहरीले दर्जनौं अश्रुग्याँस प्रहार गरेको छ भने केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रर्दशनमा उत्रिएका तीनपाङ्ग्रे व्यवसायीले मोटरसाइकलमा समेत आगजनी गरेका छन् । भरतपुर १२ का दिलीप पौडेलको रोकिराखेको ना १६ प ९४०७ नम्बरको मोटरसाइकलमा प्रदर्शनकारीले आगो लगाएका छन् ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएपछि तिनपाङ्ग्रे व्यवसायी थप आन्दोलित भएका हुन् । तीनपाङ्ग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, टे«ड युनियनहरुले बुधवार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरेका हुन् । भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि तीनपाङ्ग्रे सवारी साधनलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rabindra Dangi

    गरिखान देउ गरिवलाई सरकार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?