चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने

सारांश

  • काठमाडौं।
  • चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्।
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।

काठमाडौं। चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनेको हो।

आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो पाँच छुट पाइने छ। कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ। उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधा उपलब्ध गराउने जनाएको छ। साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो रु सात छुट दिनेछ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ। चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ। त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

चाडपर्व लक्षित सहुलियत मूल्य पसलबाट उपलब्ध गराइने वस्तु तथा सोको मूल्य बिक्रीकक्ष बाहिर सबैले देख्ने गरी राख्नुपर्नेछ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ। चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ शनिबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
आपसी एकता र सामाजिक सद्भाव कायम गर्न तीज पर्वको महत्वपूर्ण भूमिका छ : राष्ट्रपति पौडेल
7 NATURAL BEAUTY TIPS FROM THE MAKEUP ARTISTS IN CALGARY
7 NATURAL BEAUTY TIPS FROM THE MAKEUP ARTISTS IN CALGARY
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणः जहाज भाडामात्रै पौने ४ करोड खर्च
राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार भ्रमणः जहाज भाडामात्रै पौने ४ करोड खर्च
ब्रेथलाइजरकाे अभावमा सुँघेरै मापसे जाँच !
ब्रेथलाइजरकाे अभावमा सुँघेरै मापसे जाँच !
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
कर्मचारी समायोजन सरकारका लागि टाउको दुखाइ
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ईशान प्रसाईलाई सम्झँदै डब्लिनमा सांगीतिक साँझ ! फोटो सहित
ओली सरकार असफल भयो : बाबुराम भट्टराई
ओली सरकार असफल भयो : बाबुराम भट्टराई

तपाईंले छुटाउनुभयो कि?