गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २३, २०७३
|
|
१२५४ पटक हेरिएको
Shares
गाई पनि एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन्

सारांश

  • गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ?
  • तर इलाममा जब गाईले रेडियो सुन्छन् फिँज काडेर मस्त हुन्छन् ।
  • सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाई पनि रेडियो सुन्छन् भन्दा तपाई पत्याउनुहुन्छ ? तर इलाममा जब गाईले रेडियो सुन्छन् फिँज काडेर मस्त हुन्छन् ।

सफा, चटक्क परेको गाईगोठ देखेर यहाँ घुम्न आउने अनेकौँ कृषकहरु मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि र तरिका सिकेर फर्किन्छन् ।

गाईलाई तनावमुक्त वातावरण तयार गर्न इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाईले विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिन्छन् ।

त्रिबदर्श गाई फार्मका सञ्चालक कुमार रेग्मीले गाईलाई कुनै पनि प्रकारको ध्वनिले तनाव नदिनका लागि विभिन्न एफएम रेडियो सुनाएको र त्यसले दूधको उत्पादन नघटेको बताउनुभयो ।

उहाँले त्यहाँस्थित चियाबारी एफएम, इलाम एफएम, पाथीभरा एफएममा आउने बिहानका भजन र दिउँसो आउने विभिन्न गीत सुनाएर दूध उत्पादनमा कमी आउन नदिन गाईलाई रेडियो सुनाएको जानकारी दिनुभयो ।

गाईवस्तु तनावमुक्त भएपछि दूध उत्पादन घट्दैन उहाँले भन्नुभयो । सफा, चटक्क परेको गाईगोठमा अनेकौँ कृषक उहाँले सञ्चालन गरेको फार्मबाट मन्त्रमुग्ध हुन्छन् र नयाँ प्रविधि, तरिका सिकेर फर्किन्छन् ।

व्यावसायिकरुपमा अधिकतम ४० वटा होल्स्टेन नामक उन्नत जातका गाईपालन गरेर दैनिक रु १० हजार ५०० सम्म आम्दानी लिनुभएका रेग्मीले अहिले दैनिक १५० लिटर दूध उत्पादन भइरहेको छ ।

विसं २०७० देखि तीन दाजुभाइ, कुमार, यमकुमार र अरुण रेग्मीले सञ्चालन गरेको गाई फार्ममा सुरुको चरणमा रु १० लाखको लगानी भएको थियो तर पछि फार्ममा जम्मा रु ५० लाखको लगानी भएको थियो ।

गोठ सुधारलगायतका विभिन्न कार्यक्रमबाट पटकपटक अनुदान लिएका रेग्मीले नयाँ प्रविधिमार्फत गाई दुहुन्छन्  । ‘मिल्किङ मेसिन’ नामक उपकरण गाईको थुनमा जडान गरेर छदेखि १५ मिनेटमा दुई वटा गाई दुहुन सकिने छ भने  बढीमा २६ लिटरसम्म दूध दुहुन सकिने छ  ।

व्यवसायिक फार्मका लागि ११० रोपनी जग्गा लिजमा लिएर अम्रिसो र नेपियर घाँस उत्पादन गरेर १० केजी सुक्खा घाँसमा दुई केजी हरियो घाँस मिलाएर पशु आहारा पूरा गरेको उल्लेख छ  ।

भारतको पटनाबाट झन्डै रु तीनलाखको लागतमा सो उन्नत जातको गाई भित्र्याएर फार्म सुरु गरेका रेग्मीले ७५ प्रतिशत बिमा गरेका छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
प्रत्येक व्यक्तिको टाउकोमा राष्ट्रिय ऋण २४,२७६ रुपैयाँ
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री बिभिन्न भेटघाटमा ब्यस्त, १५ करोड युयान सहयाेग सम्झाैतामा हस्ताक्षर
पाँच दिनमा पनि मतपरिणाम आउन मुस्किल ! किन सुस्तायो वीरगञ्ज महानगरको गणना ?
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
पुरुषको यी अंगहरु देखेर दिवाना हुन्छन स्त्रीहरु
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
युएस बंगला एयरलाइन्समा ज्यान गुमाउनेको क्षतिपूर्ति २ अर्ब १० करोड माग
मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
मनास्लु क्षेत्रमा सयौं पर्यटक समस्यामा
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
राजपालाई पुरानै निर्वाचन चिह्नमा चुनाव लड्नुपर्ने बाध्यता
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
निर्मला प्रकरणबारे पत्रकार सम्मेलन गर्दै आईजिपी खनाल
भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदै
भारतीय विदेश सचिव नेपाल भ्रमणमा आउँदै

तपाईंले छुटाउनुभयो कि?