भारतले मुख खोल्यो : नयाँ सरकारसँग मिलेर काम गर्न तयार छौं
सारांश
- काठमाडौं, २८ मंसिर ।
- मित्रराष्ट्र भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ ।
- बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत गरेका हुन् ।
काठमाडौं, २८ मंसिर । मित्रराष्ट्र भारतले हालै नेपालमा सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको स्वागत गरेको छ ।
बिहीबार विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता रवीशकुमारले यस्तो स्वागत गरेका हुन् । त्यस्तै भारतले नेपालमा अब बन्ने नयाँ सरकारसँग काम गर्न आफूहरु आँतुर रहेको समेत विश्वास दिलाएको छ । पहिलो प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि नेपाल सरकार र जनतालाई भारतले बधाई समेत दिएको उनले जनाए ।
साथै उनले लोकतान्त्रिक प्रक्रियाबाट आउने नयाँ सरकारसँग मिलेर काम गर्न भारत आतुर रहेको समेत बताएका छन् । भारतले नेपालमा शान्ति, स्थिरता र आर्थिक सम्बृद्धि होस् भन्ने चाहेको उनले बताए ।
आगामी दिनमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अझ सुदृढ भएर जाने समेत भारतले विश्वास लिएको छ ।
Nand Gurung
del safa to har kartoot dafa.
Nand Gurung
we respect your awaj .
Nand Gurung
padoshi me meel kar rahna hamko bhi achhe lag ta hai. padosi ho to bharat jaisa. jai hind.
Guna Glay Lo Tamang
सावधान ब्वासोले कन्याएर सुम्सुम्याएरा अान्दा भुडी निकाल्छान।
Dinesh Nepal
bhannu parihalyo ni khi uupahe chaina aaru
Madhukar Pandey
पागल जैसा