गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
|
५३ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिकामा कर्मचारी कहिले जाने !

सारांश

  • काठमाडौँ, १४ जेठ- सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारी गरेको छ ।
  • अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
  • मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ ।

काठमाडौँ, १४ जेठ- सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारी गरेको छ ।

अहिले करिब ४० हजार मात्र कर्मचारी रहेको स्थानीय तहमा असारसम्ममा बाँकी १७ हजार कर्मचारी खटाइसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तहको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरी मन्त्रिपरिषद्को बैठकले करिव ५७ हजार कर्मचारीको दरबन्दी स्वीकृत गरिसकेको छ । यसअघि खटाइएका कर्मचारी स्थानीय तहमा नगएकाहरुलाई खटाउने मन्त्रालयको योजना छ ।

स्थानीय तहमा कर्मचारी अपुग भएकाले सेवाग्राहीको काम प्रभावित भएको छ । स्थानीय तहमा आवश्यक कर्मचारीका लागि विभिन्न मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा पठाउनका लागि निर्देशन दिइसकेको छ । अधिकारीका अनुसार ती मन्त्रालयबाट करिब आठ हजार कर्मचारी स्थानीय तहका लागि खटाउनका लागि माग गरिएको छ ।

संघीयता कार्यन्वयनसँगै करिब एक लाख १७ हजार कर्मचारीमध्ये अहिले एक लाख छ हजार कर्मचारी केन्द्रमा, ३० हजार प्रदेशमा तथा स्थानीय तहमा ५७ हजार कर्मचारी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
प्रधानमन्त्री ओलीको बहुअंगमा समस्या आएपछि बढ्यो जोखिम
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
एचआइभी सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा
गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो
गण्डकी प्रदेश : माओवादीबाट मन्त्री बन्नेको टुङ्गो
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
महासचिव विष्णु पौडेलको जन्मदिन, केक काटेर सुरु भयो नेकपा सचिवालय बैठक
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
नगद तथा मोबाईल लुटपाट
नगद तथा मोबाईल लुटपाट

तपाईंले छुटाउनुभयो कि?