दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दरबारमार्ग ‘रेप केस’ प्रकरणः ‘नग्न बनाएर भिडियो खिचिएको थियो’

सारांश

  • काठमाडौं, माघ १९ ।
  • दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ ।
  • प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् ।

काठमाडौं, माघ १९ । दरबारमार्गको ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटनामा पीडित युवतीलाई नग्न बनाएर भिडियो खिचिएको खुलासा भएको छ । प्राप्त घटनाको ‘मेडिकल रिपोर्ट’मा पीडित युवतीले आफूलाई नग्न बनाई भिडियोसमेत खिचिएको बयान दिएकी हुन् । मेडिकल रिपोर्ट तयार पार्ने क्रममा युवतीले दिएको उक्त बयानलाई बेवास्ता गर्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनालाई गुपचुपमा मिलाउने प्रयास गरेको हो ।

प्रेमी शैलेश कार्कीले खाजा खान भन्दै बोलाएपछि दिउँसो युवती उनलाई भेटन आएकी थिइन् । कुनै होटलमा म:म र वाइन खाएपछि युवतीलाई निद्रा लागेजस्तो असहज भएको तथ्य रिपोर्टमा उल्लेख छ । युवतीका अनुसार त्यसपछि शैलेशले उनलाई करिब साढे नौ बजेतिर ल्यान्डमार्क होटलमा पुर्‍याएका थिए । केहीबेरमा शैलेशका अन्य साथी कोठामा आएका थिए ।

युवतीले चिकित्सकसामु दिएको बयानअनुसार राति चार युवा मिलेर उनको लुगा फुकालिदिएका थिए । लगत्तै युवती सुरक्षाका लागि कोठाभित्रै भएको बाथरुममा लुक्न गएकी थिइन् । बाथरुमबाट निकालेर शैलेशले ओछ्यानमा यौनसम्पर्क गरेका थिए । त्यस क्रममा एक युवकले आफूलाई पुलिस बताउँदै उनको नग्न भिडियो खिचेका थिए । यौनसम्पर्क गर्न बारम्बार इन्कार गर्दै आएकी युवतीले आफ्नो इच्छाविपरीत गरिए होटलको छतबाट हामफाल्ने चेतावनीसमेत दिएकी थिइन् । तर उनको कुरालाई बेवास्ता गर्दै शैलेश र अन्य युवाले जबरजस्ती बलात्कार गरेको युवतीले बताएकी छन् ।

रिपोर्टमा उल्लिखित बयानका अनुसार बिहान करिब तीन/चार बजेतिर युवती कोठाबाट निस्केर भाग्न खोजे पनि युवाले रोकेका थिए । बिहान भएपछि ट्याक्सी खोजेर उनीहरूले नै युवतीलाई कोठाबाट निकालेका थिए । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै युवतीले चालकलाई आफू सामूहिक बलात्कारमा परेको भन्दै प्रहरीचौकीमा पुर्‍याइदिन भनेकी थिइन् । कमलपोखरी वृत्तमा पुगेपछि युवतीले मेडिकल रिपोर्टजस्तै बयान दिएकी थिइन् । उनले रुँदै तुरुन्तै होटल पुगेर ती युवालाई पक्राउ गर्न प्रहरीलाई आग्रह गरेकी थिइन् । तर आफनो क्षेत्राधिकारभित्र नपरेको भन्दै कमलपोखरी वृत्तका प्रहरीले उनलाई दरबारमार्ग वृत्त पुर्‍याएर जिम्मा लगाएको थियो ।

मिलेमतोमा प्रहरीले घटना गुपचुप राखेको भन्दै प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी प्रभागले दुई छुट्टाछुट्टै छानबिन समिति गठन गरेका छन् । दरबारमार्ग वृत्तमा कार्यरत डीएसपी तिलक भारतीलाई छानबिनका लागि परिसरमा र इन्सपेक्टर लक्ष्मण ठकुरीलाई हेडक्वार्टर तानिएको छ । सोही वृत्तको मुद्दा शाखामा कार्यरत सई चन्द्र भण्डारीलाई निलम्बन गरिएको छ ।

किन फेरियो बयान ?
घटनाबारे छानबिन गर्न प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशी नेतृत्वमा बनेको टोलीले मंगलबार युवतीसँग बयान लिएको थियो । स्रोतका अनुसार बयानका क्रममा युवतीले सहमतिमै सम्बन्ध कायम भएको बताइन्, जबकि युवतीले मेडिकल रिपोर्ट जाँचका क्रममा आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी छन् । होटलबाट ट्याक्सीमा बाहिरिएलगत्तै उनले चालकसँग आफूमाथि सामूहिक बलात्कार भएको भन्दै नजिकैको प्रहरीचौकीमा पुर्‍याइदिन अनुरोध गरेकी थिइन् । कमलपोखरी वृत्त पुगेपछि पनि युवतीले त्यसै भन्दै बलात्कार गर्ने युवा होटलमै रहेकाले तत्काल गएर पक्राउ गर्न अनुरोध गरेकी थिइन् ।

स्रोतका अनुसार दरबारमार्ग प्रहरीकै मध्यस्थतामा घटनालाई मिलेमतोमा सल्टाउने प्रयास गरिएको हो । केटा पक्षका आफन्त र नजिकका मान्छेबाट पीडितलाई बयान फेर्न बाध्य पारिएको हुन सक्ने अनुमान गरिएको छ । घटनालगत्तै युवतीले सामूहिक बलात्कार भएको बताउनु, केही दिनपछि केटालाई पक्राउ गर्न सहयोग गर्नु तर अहिले आएर सहमतिमै यौनसम्पर्क भएको भन्नुले ठूलै आर्थिक लेनदेन भएको वा युवतीमाथि ठूलो दबाब परेको हुन सक्ने अनुमान अनुसन्धानमा संलग्न अधिकारीहरूको छ । मेडिकल जाँचका क्रममा पनि युवतीले चार जनाले जबरजस्ती गरेको र नग्न भिडियोसमेत खिचिएको बताएकी छन् ।

कसुरदारमाथि कारबाही : महानिरीक्षक
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्ग वृत्तले ‘सामूहिक बलात्कार’ को घटनामा खेलेको भूमिकामाथि प्रश्न उठाएका छन् । वृत्तको नयाँ भवन उद्घाटन क्रममा बोल्दै महानिरीक्षक अर्यालले सुन्दर भवनमा असुन्दर काम भएको कुरा सुन्नमा आएको उल्लेख गर्दै कसुर प्रमाणित भएमा उनीहरू कारबाहीको भागीदार हुने बताए । सामूहिक बलात्कारमा दरबारमार्ग वृत्तले चालेको कदमबाट सबै प्रहरीले पाठ सिक्नुपर्ने उनले बताए । उनले उपत्यकाको माथिल्लो निकायले आफ्नो युनिटको सुपरभिजन गर्ने जिम्मेवारी पाएको भन्दै यस्ता गतिविधिबारे जिम्मेवार रहनुपर्ने बताए ।

मानव अधिकार आयोगले छानबिन थाल्यो
राष्ट्रिय मानव अधिकार आयोगले ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ घटना सम्बन्धमा अनुसन्धान टोली नै गठन गरेर छानबिन सुरु गरेको छ । आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको उजुरी दर्ता, छानबिन तथा तथ्य संकलनमा नेपाल प्रहरी गम्भीर एवं संवेदनशील नहुँदा पीडित न्यायबाट वञ्चित भएको र दोषीमाथि कारबाही हुन नसकेको अवस्थाप्रति आयोगको ध्यानाकर्षण भएको समेत जनाएको छ ।

विज्ञप्ति जारी गर्दै आयोगले सामूहिक बलात्कारको घटनासमेतलाई सामाजिक वा पारिवारिक डर, धाकधम्की र आर्थिक प्रलोभन देखाई मेलमिलापमा टुंग्याउने गरेको पाइएको बताएको छ । आयोगले भनेको छ, ‘बलात्कारजस्तो गम्भीर प्रकृतिको मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धान प्रभावकारी नहुनेजस्ता कारणबाट घटनालाई कमजोर बनाउने, यस्ता प्रकृतिका घटनाबाट मृत्यु भएको अवस्थामा हत्याको अपराधमा मात्र मुद्दा चलाउने तथा न्यायमा ढिलाइ गरिने प्रवृत्तिका कारण यौनजन्य हिंसाबाट पीडित महिला न्यायबाट वञ्चित हुन पुगेका छन् ।’ अाजको कान्तिपुरमा खबर छ-

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर नगरे देउवासँग सम्बन्ध तोड्ने मल्लको चेतावनी (भिडियोसहित)
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
नेपालको सडकमा भारतको स्वार्थः बाइरोडको घुम्तीदेखि बीपी राजमार्गसम्म
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
भारतीय पर्यटन व्यवसायी भन्छन् : पोखरासँगको ‘कनेक्टिभिटी’ राम्रो हुनुपर्छ
नदीकिनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो
नदीकिनारका बस्ती हटाउन बालेनलाई बाटो खुल्यो
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
जसपा लुम्बिनी सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
बालुवाटारको जग्गा परिवारको मात्र बाँकी
तिहारको तेस्रो दिन नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै
तिहारको तेस्रो दिन नरक चतुर्दशी र कुकुर तिहार मनाइँदै
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक
कर्णाली सरकारद्वारा एकसय दिनको प्रगति सार्वजनिक

तपाईंले छुटाउनुभयो कि?