‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
‘प्याराग्लाइडिङ खेलबाट पदकको सम्भावना’ : मन्त्री विश्वकर्मा

सारांश

  • पोखरा, ९ वैशाख, युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८आँै एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ ।
  • इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।
  • एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

पोखरा, ९ वैशाख, युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले १८आँै एशियाली खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ खेल राष्ट्रका लागि पदक प्राप्त गर्ने सम्भावना रहेको बताउनु भएको छ ।

इण्डोनेशियाको जकार्तामा भदौ २ देखि १६ गतेसम्म आयोजना हुने एशियाली खेलमा छानिएका प्याराग्लाइडिङ खेलाडीलाई पोखरामा आज बधाई तथा शुभकामना दिँदै मन्त्री विश्वकर्माले खेलाडीेले उच्च मनोबलका साथ खेल खेल्नुपर्नेमा जोड दिनुभयो ।

एशियाली खेलमा पहिलो पटक समावेश भएको प्याराग्लाइडिङ खेलले राष्ट्रको प्रतिष्ठामाथि उठाउनेमा आफू ढुक्क रहेको बताउँदै उहाँले यो ऐतिहासिक अवसरलाई राष्ट्रको गरिमा बढाउने गरी खेलाडीलाई प्रदर्शन गर्न आग्रह गर्नुभयो ।

अठाराँै एशियाली खेलमा जाने अफिसियललाई कडाइका साथ नियन्त्रण गर्ने बताउँदै मन्त्री विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक प्राप्त गरी देशको प्रतिष्ठालाई उच्च राख्ने खेलाडीलाई सम्मान गरिने जानकारी दिनुभयो ।

सो प्रतियोगितामा प्याराग्लाइडिङ खेलमा नेपालका तर्फबाट दुई उपविद्यामा १० जना खेलाडीले तीन मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक १८आँै एशियाली खेलकूदमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा करीब ३० भन्दा बढी राष्ट्रको सहभागिता रहने बताइएको छ ।

ग्रामीण क्षेत्रमा खेलकूद गतिविधि बढाइने

युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले खेलकूदका गतिविधि ग्रामीण क्षेत्रमा विस्तार गरिने बताउनु भएको छ ।

कास्कीको पर्यटकीय गाउँ धम्पुसमा लाली गुराँस युवा क्लबद्वारा आयोजित गन्तव्य धम्पुस महोत्सवको शनिबार समापन समारोहमा बोल्दै उहाँले ग्रामीण क्षेत्रमा रहेका खेलमैदानको स्तरोन्नति मन्त्रालयको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

मन्त्री विश्वकर्माले महोत्सवमा आयोजित विभिन्न खेलकूद प्रयोगितामा विजयी टोली तथा खेलाडीलाई नगद पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । महोत्सवमा आयोजित पुरुष भलिबल प्रतियोगतामा संगम युवा क्लब गल्कोट बाग्लुङले हात पार्दै नगद एक लाख, मेडल भने माछापुच्छ«े गाउँपालिका–२ भुर्जङखोलाले दोस्रो स्थान हासिल गर्दै नगद ७० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

महिला भलिबल प्रतियोगितातर्फ टप्स उच्च मावि प्रथम, माछापुच्छ«े गाउँपालिका–८ ल्वाङ द्वितीय भई नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा धम्पुसका पर्यटन व्यवसायी दलबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका संस्थापक अध्यक्ष समबहादुर गुरुङ, क्लबका अध्यक्ष आसिम गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी
गैह्र सैनिकलाई छात्रवृत्ति र रोजगारी
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
सुन एकैदिनमा तोलाको एक हजार बढ्यो
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
चालु आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत पुग्ने
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
नेपाली काँग्रेसका केन्द्रीय सदस्यले दशैँ उपहारस्वरुप बालबालिकालाई शैक्षिक सामग्री !
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
मन्त्रीमण्डल विघटन गर्दा प्रम ओली र प्रचण्ड यी मन्त्री जोगाउन चाहन्छन्
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
अज्ञात समूहले टावर तोडफोड गरेपछि बैंकिङ कारोवार ठप्प
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपाल ‘फायर’
नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता
नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय
लेखा समितिद्वारा विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय माग्ने निर्णय

तपाईंले छुटाउनुभयो कि?