गाउँ नै विस्थापित हुने अवस्था

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
गाउँ नै विस्थापित हुने अवस्था

सारांश

  • बाजुरा, २२ साउन ।
  • बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।
  • अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ ।

बाजुरा, २२ साउन । बूढीगंगा नगरपालिका– २ बजेडी गाउँ पहिराका कारण पूरै विस्थापित हुने अवस्थामा पुगेको छ ।
अविरल वर्षाका कारण गुइँगाडको खोेलाबाट पहिरो जान थालेको छ । पन्ध्र वर्षदेखि गएको पहिरो केही वर्ष रोकिए पनि फेरि पहिरो जान थालेपछि बजेडीका बासिन्दा जाग्राम बस्न थालेको स्थानीयवासी खड्कराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार लगातारको पानीले गाउँको एक सय ३० घर परिवारलाई अन्यत्र बास बस्नुपर्ने बाध्यता छ । बजेडीमा घरको तलपट्टि र माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासी झन् त्रसित बनेका हुन् ।

गाउँमा रहेका थालामेल, नाउली र दलित बस्तीका ५६ जनाको घर पानी र पहिराका कारणले भत्किएको स्थानीयवासी किट्टो ल्वारले बताउनुभयो । छपन्न घरपरिवारमध्ये १४ परिवार बढी जोखिममा रहेको बताइएको छ । गाउँमा नयाँ सडक निर्माण भएसँगै पहिरो जान थालेपछि स्थानीयवासी अझै त्रसित भएका हुन् । घर माथिबाट पहिरो आउने सम्भावना भएपछि बजेडीका बासिन्दा राति जाग्रामै बस्ने गरेका छन् । पानी पर्दा नजिकैको विद्यालयमा जाने भए पनि हावाहुरीका कारणले विद्यालयको छाना उडाएपछि राति छाता ओढेर बस्ने गरेको स्थानीयवासी दयाराम जोशीले बताउनुभयो ।

पहिराले सोही नगरपालिका– ३ गड्तोलाका ४० परिवार र देनवाडाका २० परिवारसमेत जोखिममा छन् । गड्तोलामा घरमाथिका खेतीयोग्य जमिन भासिएका छन् भने देनबाडा गाउँ नजिकै रहेको सामुदायिक वन भासिँदै गएकाले माथि र तलबाट पहिरो जान थालेको छ ।

पहिराले खेतीयोग्य जमिन बगाएको छ । पहिरोले बजेडीमा पाँच हजार हेक्टरको जमिन क्षतविक्षत पारेको छ । पहिराले गाईगोरु, भँैसी चराउने वनसमेत छैन । सामुदायिक वन र कबुलियती वन बनाएपछि स्थानीयवासी घरमै गाईगोरु र भैँसी पाल्न बाध्य भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेटमा कहाँ कति रकम विनियोजन भयो ? (पूर्णपाठ)
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
नेपाली ज्योतिष तथा वास्तु विज्ञ वर्ल्ड बुक अफ रेकर्ड्सबाट सम्मानित
नेप्से परिसूचक २५ अङ्कले बढ्यो
नेप्से परिसूचक २५ अङ्कले बढ्यो
असोज १९ गते आइतबारको राशिफल यस्तो छ
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
​पाँच दिनपछि प्रधानमन्त्री डिस्चार्ज, आइतबारदेखि काममा फर्कने
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
सर्वोच्चका मुख्य रजिष्टार र रजिष्टार उच्च अदालतको न्यायाधीश नियुक्त
एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित
एकदिवसीय विश्वकप छनोटमा श्रीलङ्काको जित
द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया
द्वन्द्व पीडितसँग एक दिने अन्तरक्रिया
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने
मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने