जहाज दुर्घटना : शवको पहिचान गर्ने प्रक्रिया सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०८१
|
|
२७ पटक हेरिएको
Shares
जहाज दुर्घटना : शवको पहिचान गर्ने प्रक्रिया सुरु

सारांश

  • काठमाडाैं।
  • सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।
  • बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

काठमाडाैं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरुको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ।

बुधबार बिहान त्रिभुवन बिमानस्थलमा नै सो बिमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। मृतकको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ।

शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ। मृतकको शवहरु पहिचान हुन नसक्ने अवस्थामा रहेको र एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने शिक्षण अस्पतालका फरेन्सिक बिभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए।

उनले अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई समयमा नै सम्पन्न गर्ने बताए। शिक्षण अस्पतालमा मृतकका परिवारहरु पुगेका छन्। उनीहरु अस्पताल परिसरमा भावविह्वाेल अवस्थामा रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?