सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सखिमा पुर्णिामाको रात एमाले कांग्रेस मारामार ,

सारांश

  • १९ कार्तिक, भक्तपुर आज सखिमा पुर्णिमाको दिन नेवार समुदायले बिशेष कार्यक्रम गरेर मनाउने चलन छ।
  •   बिशेषत ;मध्यपुर थिमी र भक्तपुर नगर भित्रका भजन खलको समुदायले टोल टोलमा पाटी, पौवा र मठ मन्दिर अगाडी बसेर भजन गर्दै साँस्कृतिक पर्बको रुपमा मनाउने गर्दछन।
  • आफ्नो घरबाट भुटेको मकै, शखरखण्ड, पिँडालु लगाएत चडाएर घर घरबाट बाहिर निस्किएर सँझ देखि नै बसेर राती अबेरसम्म रमाइलो गर्दै मनाउने परम्परा छ।

१९ कार्तिक, भक्तपुर आज सखिमा पुर्णिमाको दिन नेवार समुदायले बिशेष कार्यक्रम गरेर मनाउने चलन छ।

  बिशेषत ;मध्यपुर थिमी र भक्तपुर नगर भित्रका भजन खलको समुदायले टोल टोलमा पाटी, पौवा र मठ मन्दिर अगाडी बसेर भजन गर्दै साँस्कृतिक पर्बको रुपमा मनाउने गर्दछन। आफ्नो घरबाट भुटेको मकै, शखरखण्ड, पिँडालु लगाएत चडाएर घर घरबाट बाहिर निस्किएर सँझ देखि नै बसेर राती अबेरसम्म रमाइलो गर्दै मनाउने परम्परा छ।

मध्यपुरको गौरबको रुपमा रहेको साँस्कृतिक समुहहरु, दफा भजन समूह, विभिन्न प्याख नाँच समुहहरु अर्थिक अभावमा लोपहुने अबस्थामा पुगेका छन। उक्त सँस्कृती बचाउन मध्यपुरका प्रमुखमा एमालेको तर्फबाट मदन सुन्दर श्रेष्ठ बिजयी भएपछि युवाहरुलाई बद्ध्यबाधन र नृत्य सिकाएर नयाँ पुस्तामा साँस्कृतिक हस्तान्तरण अभियान नै चलाएका छन। नगरपालिका बाट प्रत्यक समूहलाई आर्थिक सहयोग गर्दै दिर्घकालिन सहयोगको लागी अक्षय कोष स्थापना गरेर जाने निर्णय नगर शभाबट पास गराए। नगर्पालिकामा बहुमत भएको कारण नेपाली कंग्रेसले त्यो योजना सफल नगराउन बोर्ड बैठक नै बस्न दिएन। अझ नगर भित्रका नक्सा पास नभएको ९ सय ६८ घरहरुको नक्सा पास गर्ने यजेण्डा सहितको बोर्ड बैठक कांग्रेसका केही वार्ड अध्यक्षहरुले मेचले हनाहान गरेर केही निर्णय गर्न सकेन।

नगर प्रमुख मदन सुन्दर आफू सल्लाहकार भएको मानबीय आस्था नेपालको तर्फबाट आज प्रत्यक ४३ वटा समुहलाई रु १० हजारको दरले सहयोग गरे। जसको कारण साँस्कृतिक समुहहरु निकै खुसी र उत्साही देकिन्थे। भुकम्पको दौरान गठन भएको यो संस्थाको संरक्षक पुर्व मन्त्री महेश बस्नेत र अध्यक्ष श्री कुमार रन्जित छन। यो भन्दा अगाडि पनि यसले भक्तपुर नगर भित्रको २७ वटा समुहलाई युवा ब्यबसायी रोमण सिलाकारको सहयोगमा धिमेबाजा बितरण गरेको थियो। भुकम्पको दौरान ज्यान गुमाएका भक्तपुरका ३ सय ४४ जना मृतकको परिवारलाई प्रत्यक मृतक ७ हजार ५ सयका दरले सहयोग गरेको थियो।

भुकम्प प्रभाबित जनतालाई २१ सय अस्थायी टहरा बनाइदिएको थियो। तेस्तै पिडितका ३ सय बालबालिकालाई महिनाको १४ सय ५० का दरले फिस तिरिदिएर पडाइदिएको छ। भने २ सय ५० महिलाहरुलाई सीपमुलक तालिम दिइ कृषि र पशुपालनमा सहयोग गरिरहेको छ। यो संस्था मार्फत भुकुम्प पिडितलाई सहयोग गरेका कारण पुर्व मन्त्री महेश बस्नेतको भक्तपुरमा निकै राम्रो चर्चा भएको पाइन्छ। तर केही कांग्रेसका मित्रहरुले एमालेले चुनावको बेलामा राजनीति गरेर मत प्रभावित गर्न खोजेको आरोप लगाएका छन। प्रमुख मदन सुन्दरको भने फरक धारणा छ। उनी भनछन जनतको सेवा गर्नु र परम्परागत साँस्कृतिक, सम्पदा जगेर्ना गर्न सहयोग गर्दा कसैले नकारात्मक टिप्पणी गर्दछ भने हाम्रो भन्नू केही छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?