इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १७, २०७७
|
|
३२ पटक हेरिएको
Shares
इन्द्रदह मेला स्थगित, भक्तजन फर्काइँदै

सारांश

  • प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ ।
  • काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो ।
  • मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लाग्ने स्नान मेला स्थगत भएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिनुभयो । मङ्गलबारदेखि नै इन्द्रदह क्षेत्रमा प्रहरी र जनप्रतिनिधिले जम्मा भएका केही भक्तजनलाई फर्काएको नगरपालिकाले जनाएको छ ।

भाद्र शुक्ल चतुर्दशीका दिन बेलुकी इन्द्रदहमा गई बत्ती बालेर बसेका भक्तजन बिहानै इन्द्रदहमा स्नान गर्ने प्रचलन थियो । चतुर्दशीका दिन दिउँसो हनुमानढोकामा इन्द्रजात्रा हेरेर बेलुकी इन्द्रदहमा पुगी वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रका नाममा बत्ती बाल्ने गरिन्थ्यो । यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । यहाँ गई बत्ती बालेर स्नान गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । मेला रोकिए पनि नित्यरूपमा हुने पूजा आराधना भने जारी रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको इन्द्रदह र कालु पाण्डे समाधिस्थल क्षेत्रलाई सङ्घीय सरकारले दुई वर्षअघि १०० वटा गन्तव्य स्थलमा समावेश गरेको थियो । गन्तव्य स्थलका रूपमा विकास गर्न पूर्वाधार निर्माणका काम पनि भइरहेको नगर प्रमुख गिरीले बताए ।

यसैगरी प्रत्येक पटक अधिकमासका बेला मेला लाग्ने नगरपालिकाको वडा नं ९ स्थित मच्छेनारायण क्षेत्रमा असोज २ गतेदेखिका सबै कार्यक्रम पनि स्थगन गरिएको उनले जानकारी दिए । अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा अत्यधिक धार्मिक पर्यटक मच्छेनारायण पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने गरिने नगरपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
याैनहिंसा विरुद्ध उत्कृष्ट कार्य गर्ने मुकवेगे र मुरादलाई नोबेल शान्ति पुरस्कार !
प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने
प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
नवलपरासीको त्रिवेणीमा लागुऔषधसहित एक युवक पक्राउ
मोटरसाइकल दुर्घटनामा मृत्यु
मोटरसाइकल दुर्घटनामा मृत्यु
दुर्गममा भिडियो एक्स–रे सेवा शुरु
दुर्गममा भिडियो एक्स–रे सेवा शुरु
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
बागी र वाम दुुबैलाई हराए कास्की कांग्रेसका विन्दुकुमार थापाले
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
चर्चित रंग पत्रकार गीता अधिकारी चलचित्र नालापानीमार्फत अभिनयमा पुनरागमन
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
सिपिएल क्रिकेटः ४ खेलबाट सन्दिपको ७ विकेट, बलिङका धेरै विधामा सन्दिप शिर्ष ५ मा !
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा

तपाईंले छुटाउनुभयो कि?