गायक छिरिङ भुटियाको याद सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
२७ पटक हेरिएको
Shares
गायक छिरिङ भुटियाको याद सार्वजनिक

सारांश

  • काठमाडौँमा हुने प्राय इभेन्टहरुमा साउण्डको जिम्मेवारी सम्हाल्दै आइरहेका व्यक्ति हुन् छिरिङ भुटिया ।
  • भुटियाको दख्खल साउण्ड संयोजनमा मात्रै छैन ।
  • उनी कुशल गायकी खुबी भएका प्रतिभा पनि हुन् ।

काठमाडौँमा हुने प्राय इभेन्टहरुमा साउण्डको जिम्मेवारी सम्हाल्दै आइरहेका व्यक्ति हुन् छिरिङ भुटिया । भुटियाको दख्खल साउण्ड संयोजनमा मात्रै छैन । उनी कुशल गायकी खुबी भएका प्रतिभा पनि हुन् । व्यवसायीकरुपमा साउण्ड इन्जिनियरिङ र व्यवस्थापनमा व्यस्त रहे पनि उनी समय मिलाएर गीत गाउन र रेकर्ड पनि फुर्सद निकाल्ने गर्छन् ।

हाल छिरिङ एण्ड द ब्याण्डमार्फत सांगीतिक तिर्सना मेटाइरहेका छिरिङले आइतबार याद बोलको गीत र गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । संचारउद्यमी भास्करराज राजकर्णिकारको प्रमुख अतिथि र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको विशेष अतिथि रहेको कार्यक्रममार्पत् उनका गीतको भिडियो सार्वजनिक गरिएको हो । सांस्कृतिक संस्थानको मिनी हलमा आयोजना गरिएको उक्त कार्यक्रमलाई संचारकर्मी एवं निर्देशक दिनेश डिसीले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भास्करराज राजकर्णिकारले नयाँ पुस्ताको परिवर्तनसँगै पुराना पुस्तालाई नचिन्ने र बिर्सने प्रवृत्ति हावी भएको बताउँदै समाज परिवर्तनका नाममा मौलिकता हराउँदै गएको बताए ।

‘याद’ गीतमा विजु कर्माचार्यको शब्द, संगीत रहेको छ भने एरेन्ज छिरिङ एण्ड द ब्याण्डको रहेको छ । उक्त गीतलाई विशालले मिक्सिङ गरेका छन् भने भिडियोलाई पिनकिङ प्रोडक्सनले निर्माण गरेको हो ।

छिरिङ द ब्यान्डमा सन्तोष श्रेष्ठ (बेस गिटार), अमित कर्माचार्य (लिड गिटार), ओम श्रेष्ठ (ड्रमर), सामयोल राई (गिटार) र छिरिङ भुटिया (भोकालिष्ट) रहेका छन् ।

छिरिङले २०५३ सालमा हेरिदेउ हाँसिदेउ सार्वजनिक गरेका थिए । त्यसपछि २०५३ मा नै कलेक्सन एल्बम निशानीमा उनले स्वर दिए । त्यस्तै तिमी आएजस्तो २०५४, सायद २०५७, डे २०५९ र उपस्थिति २०६२ मा बजारमा ल्याएका थिए । गायक तथा संगीतकार छिरिङले हिट्स एफएम म्यूजिक अवार्ड २०५८, साचिस अवार्ड दार्जिलिङ २०५९ जस्ता अवार्डहरु हात पारिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?