२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा
सारांश
- रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ वर्ष २०२१ रुसका लागि विज्ञान र प्रविधिको वर्ष हुने बताएका छन् ।
- रुसी सरकारको आधिकारिक वेब पोर्टलमा पुटिनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
- पुटिनले नयाँ वर्षमा रुसी संघलाई विज्ञान र प्रविधि मैत्री बनाउने र त्यसको विकासमा जोड दिइने बताएका थिए ।
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले नयाँ वर्ष २०२१ रुसका लागि विज्ञान र प्रविधिको वर्ष हुने बताएका छन् । रुसी सरकारको आधिकारिक वेब पोर्टलमा पुटिनले शुक्रबार यस्तो घोषणा गरेका हुन् ।
पुटिनले नयाँ वर्षमा रुसी संघलाई विज्ञान र प्रविधि मैत्री बनाउने र त्यसको विकासमा जोड दिइने बताएका थिए । विज्ञान र प्रविधिलाई सही ढंगले तीव्रता दिन विशेष कमिटि गठन गरेका छन् । त्यसका अध्यक्ष उपप्रधानमन्त्री दिमीत्री चेर्नेशेन्को र राष्ट्रपति पदका व्यक्ति एन्ड्रे फरुसेन्कोलाई नियुक्त गरेका छन् । रुसी सरकारले विज्ञान र प्रविधि मस्योदा र योजना अनुमोदन गर्ने फ्रेमवर्क आवश्यक रहेको जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया