गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २४, २०७५
|
|
३० पटक हेरिएको
Shares
गास कटाएर दक्षिण कोरियाका नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स

सारांश

  • स्याङ्जा, २४ ।
  • स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
  • रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

स्याङ्जा, २४ । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गत वर्ष कलाकारहरुलाई नेपालबाट कोरियामा लगेर साँस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु. १२ लाख सहयोग गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष राजु भण्डारीले बताए ।

स्याङ्जा परिवार दक्षिण कोरियाले यसअघि स्याङ्जा जिल्ला अस्पताललाई एम्बुलेन्स, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई भिडियो एक्स–रे मेसिन प्रदान गरिसकेको छ ।

दक्षिण कोरियाली भूमिमा पसिना बगाउने स्याङ्जावासीको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले विदेशी भूमिमा दुःख तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा “सहयोग घर” स्थापना गरेको छ । संस्थाले कम्पनीमा काम गर्दा दुर्घटनामा परी अंगभंग हुने तथा मृत्यु भएका परिवारलाई सान्त्वनास्वरुप राहत प्रदान गर्दै आएको छ भने स्याङ्जाका विभिन्न भागमा विगतमा बाढीपहिरो, आगलागी तथा मिर्गौला पीडितका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Pradeep Khadka

    Very,very good social work.thank you so much for all of you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?