गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
गीतकार भुमरी अचानक मिर्मिरेमा हाम्फालेपछि… [भिडियोसहित]

सारांश

  • काठमाडौं, ८ पुस ।
  • गीतकार भावेश भुमरी अचानक हाम्फालेका छन् ।
  • नआत्तिनुहोस्, नेपाली साङ्गीतिक फाँटलाई सयौं गीत दिएका भुमरी यसपालि निर्देशनतिर हाम्फालेका हुन् ।

काठमाडौं, ८ पुस । गीतकार भावेश भुमरी अचानक हाम्फालेका छन् । नआत्तिनुहोस्, नेपाली साङ्गीतिक फाँटलाई सयौं गीत दिएका भुमरी यसपालि निर्देशनतिर हाम्फालेका हुन् । चर्चित गीतकार भुमरीले पहिलोपटक निर्देशन गरेको “मिर्मिरेमा…” बोलको गीतको म्युजिक भिडियो युटुबबाट सार्वजनिक गरिएको छ ।

गीतकार जीतकर्ण राईको रचना, सुप्रसिद्ध सङ्गीतकार दिनेश सुब्बाको सङ्गीत, चाँद सिंहको सङ्गीत संयोजन र लोकप्रिय गायक उदय सोताङको स्वर रहेको मिर्मिरेमा बोलको गीतको म्युजिक भिडियोलाई गीतकार भुमरीले निर्देशन गरेका हुन् । अत्यन्त मार्मिक शव्द रहेको यो गीतको भिडियोमा सनम र रिजाको जीवन्त अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई आफूले फरक तरिकाले निर्देशनको प्रयास गरेको गीतकार भुमरीले शिखरन्युजलाई बताए । आफूलाई धेरै विश्वास गर्ने गीतकार जीतकर्ण राईको मार्मिक रचना, आफ्नै अभिभावकजस्ता सङ्गीतकार दिनेश सुब्बाको बेजोड सङ्गीतसिर्जना र उदय सोताङको उत्कृष्ट गायन भएका कारण आफूलाई काम गर्न निकै चुनौति भएको गीतकार एवं निर्देशक भुमरीले बताए ।

परिवारको वास्तविक माया र घटनाको विषयवस्तुलाई सुक्ष्म तरिकाले प्रस्तुत गरेको हुँदा म्युजिक भिडियो सबैले मन पराउने कुरामा भावेश ढुक्क देखिए । म्युजिक भिडियोको छायाङ्कन उत्सव दाहाल र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । सुरप्रभा गीत सङ्गीत प्रालिले बजार व्यवस्थापन गरेको “हाम्रो साक्षात, भाग १” एल्बमको संयोजन पनि गीतकार भुमरीले नै गरेका थिए । सो एल्बम देश विदेशमा बसोबास गर्ने गीतकारहरुको संयुक्त एल्बमको रुपमा केही समय अगाडि बजारमा आएको थियो र प्रस्तुत गीत धेरैले मन पराएका थिए ।

म्युजिक भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?