मोटरसाइकल दुर्घटनामा बाबुछोराको ज्यान गयो
सारांश
- चितवन, २३ वैशाख- भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गएको छ ।
- महानगरपालिका–१४ वीरेन्द्रटोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
- दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर बस्ने ३५ वर्षीय भरत रामदाम र मोटरसाइकल पछाडि बसेका उनका छोरा ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो ।
चितवन, २३ वैशाख- भरतपुरमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराको ज्यान गएको छ । महानगरपालिका–१४ वीरेन्द्रटोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर बस्ने ३५ वर्षीय भरत रामदाम र मोटरसाइकल पछाडि बसेका उनका छोरा ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना१४प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।
मोटरसाइकल चालक भरतले अत्यधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइएको थियो । दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया