गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
सारांश
- काठमाडौं।
- क्षेत्री समाज नेपालले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
- सामजले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको गुठी विधेयकप्रति कडा आपत्ति जनाएको हो ।
काठमाडौं। क्षेत्री समाज नेपालले सरकारले संसदमा दर्ता गराएको गुठी विधेयकप्रति ध्यानाकर्षण भएको जनाएको छ । सामजले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको गुठी विधेयकप्रति कडा आपत्ति जनाएको हो । क्षेत्री समाजले मुलुकको पहिचान बोकेका मौलिक धर्म, संस्कृति, रितिरिवाज र परम्परा माथि प्रहार हुने गरी नेपालीलाई मौलिक धर्म तथा संस्कार–संस्कृतिविहीन बनाउने विदेशीको षड्यन्त्रलाई टेवा पर्याउने काम नगर्न समाजले सरकारलाई चेतावनी दिएको छ। समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली मौलिक धर्म संस्कृतिको संरक्षण तथा निरन्तरताका निम्ति अनादिकालदेखि राज्य र हाम्रा पुर्खाले मठ–मन्दिर गुम्बा, विहार पार्टी पौवा आदिको स्थापना र संचालनकालागि गुठीको व्यवस्था गरेका हुन् ।
तर पछिल्लो समयमा मठ मन्दिर पाटी पौवा आदिको नाममा रहेको गुठी जग्गामाथि नै अतिक्रमण हुँदै आएको र गुठीको जग्गा रैकरमा परिणत गरी भूमाफियाको कब्जामा जाँदै गरेको देखिएको छ, समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
तर पछिल्लो समयमा मठ मन्दिर पाटी पौवा आदिको नाममा रहेको गुठी जग्गामाथि नै अतिक्रमण हुँदै आएको र गुठीको जग्गा रैकरमा परिणत गरी भूमाफियाको कब्जामा जाँदै गरेको देखिएको छ, समाजका अध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
समाजले नेपालीको मौलिक धर्म, संस्कृतिको संरक्षण र निरन्तरताकालागि जस्तो सुकै कठोर कदम चाल्न बाध्न हुने चेतावनी दिएको छ ।

यो पनि पढ्नुस्
प्रधानन्त्री भन्छन्ः गुठी विधेयक सच्चिन्छ, जनता उचाल्ने काम नगरौँ
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गुठी विधेयकमा भएका कमी कमजोरी सच्याउन सकिने बताएका छन् । युरोप भ्रमण सकेर भर्खरै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै कुनै पनि विधेयक शतप्रतिशत सही नबनेको पनि हुन सक्ने भन्दै आवश्यकताअनुसार सच्याउन सकिने बताएका हुन् । गुठी विधेयकको विषयलाई लिएर केही पक्षले जनता भड्काउन खोजेको भन्दै ओलीले असन्तुष्टी व्यक्त पनि गरे। “विरोधको भावनाले जनता भड्काउन खोज्नु हुँदैन, अब जनता भड्किदैनन् पनि । कमजोरी भयो भने सरकारले सच्याइहाल्छ नि। जनताकै सरकार हो, जनताप्रति प्रतिवद्ध भएर काम गर्छ ।” ओलीले भने ।
“हाम्रो संस्कृति र परम्परासँग जोडिएका गुठीहरुको विषयमा कुरा बेग्लै हुन्छ, सरकारले जे आवश्यकता पर्छ त्यो गर्छ, सरकार जनताको हितमा नै काम गर्छ ।” उनले थपे ।
प्रतिक्रिया