प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
३९ पटक हेरिएको
Shares
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी

सारांश

  • पुष १५, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता डा.
  • चन्द्र भण्डारीले देश विकासको बाटोमा नगई भ्रष्टाचारको बाटोमो हिँड्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पुष १५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले देश विकासको बाटोमा नगई भ्रष्टाचारको बाटोमो हिँड्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले देश बनाउने विषयमा छलफल नहुने तर भ्रष्टाचार, गफ र आलोचनामा नेताहरु व्यस्त रहेको बताएका हुन् ।

“देश कसरी बनाउने भन्ने विषयमा छलफल अत्यन्तै कम भयो ।” भण्डारीले भने ।

अहिले संसदमा कांग्रेसको आकार सानो भएकाले प्रभावकारी भूमिका खेल्न नसकेको स्वीकार गरे । महासमिति बैठकपछि कांग्रेस नयाँ ढंगले अगाडि बढेको जिकिर गर्दै भण्डारीले देश विकास गर्दै सुशासन कायम राख्ने काममा सरकार प्रतिवद्ध हुनुपर्ने बताए ।

सरकारले प्रतिपक्षी दलको कुरा सुन्नुपर्ने भन्दै भण्डारीले प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्ने बताए ।

निर्मला हत्याकाण्ड र वाइड बडी विमान खरिद प्रकरणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भण्डारीको आरोप छ । त्यसैगरी होली वाइन खानु र एसिया प्यासिफिक समिटमा सरकार सहभागि हुनु गलत भएको भण्डारीको ठहर छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?