तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
सारांश
- चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ ।
- शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए ।
- नेता छीले सिगात्से पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए ।
चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड इनिसिएटिभलाई नेपालमार्फत दक्षिण एसिया प्रवेश गराउने उद्घोष गरेको छ । शुक्रबार तिब्बतको ल्हासामा आयोजित ‘तिब्बतको विकास मञ्च’ को उद्घाटन समारोहमा तिब्बत जनसरकारका प्रमुख तथा चिनियाँ कम्युनिस्ट पार्टी तिब्बत स्वायत्त प्रदेशका उपसचिव छी चालाले नेपालसँगको सम्बन्धलाई चीनले उच्च महत्व दिएको बताए । नेता छीले सिगात्से पुगेको रेललाई चीनले नेपाल जोड्ने लक्ष्य राखेको र यो अपरिहार्य रहेको बताए । नेपालसँगको मित्रतालाई तिब्बती नेता छीले निकै साहित्यिक तरिकाले व्यक्त गरे । उनले भने, ‘जब दुई मुटु नजिक हुन्छन्, तब अग्ला पहाडहरुको कुनै डर हुँदैन ।’ –नागरिक दैनिकबाट
यो पनि पढ्नु्स्
रेल विभागका पदाधिकारी भन्छन्ः असोजसम्म रेल आउँछ
हुप्रतीक्षित जयनगर(जनकपुर(कुर्था रेल सेवा आउँदो असोजदेखि सञ्चालन हुने रेल्वे कम्पनीका पदाधिकारीले बताएका छन् । ‘छिटोमा भदौ र ढिलोमा असोजसम्म रेल सञ्चालन हुनेमा ढुक्क हुनुस्,’ रेल विभागका डीजी बलराम मिश्रले कान्तिपुरसँग भने, ‘दुईवटा रेल खरिद गर्ने सम्झौता भइसकेको छ ।’
उनका अनुसार भारतको कोंकन रेल्वे कर्पोरेसन लिमिटेडसँग रेल खरिद सम्झौता भइसकेको छ । ८५ करोड रुपैयाँमा इन्जिनसहितका दुई रेल खरिद गरिँदै छ । दुई देशबीचको जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति आयोजना सम्झौतामा रेलका इन्जिन र बोगी नेपाल सरकारले नै व्यवस्था गर्ने उल्लेख छ । नेपालले रेल खरिदमा ढिलाइ गरेकाले सञ्चालनमा ढिलाइ भएको स्थानीयको बुझाइ छ ।
रेल सञ्चालनका लागि कर्मचारी तथा प्राविधिक व्यवस्थापन गर्न आवश्यक कानुन निर्माण भई स्वीकृतिको चरणमा रहेको मिश्रले जानकारी दिए । उनका अनुसार हाललाई भने प्राविधिकहरू भारतबाटै आउनेछन् । ‘अन्य कर्मचारी भर्ना गर्न आवश्यक कानुन बनिसकेको छ,’ मिश्रले भने, ‘स्वीकृत भएपछि भर्ना प्रक्रिया सुरु हुन्छ ।’
प्रस्तावित जयनगर (भारत)(बर्दिबास ब्रोडगेज (६९ किमि) सञ्चालनमा आउन अझै दुईरतीन वर्ष लाग्ने भए पनि जयनगर(जनकपुर(कुर्था (३५ किमि) तत्कालै सञ्चालन गर्न सकिने रेलसम्बद्ध प्राविधिक पनि बताउँछन् । डीजी मिश्रका अनुसार जयनगर(कुर्थासम्म भौतिक संरचना तयार भइसकेको छ । परवाहा, जनकपुर र कुर्था स्टेसनमा लेभल क्रसिङको काम हुँदै छ । स्टेसनहरूमा शौचालय निर्माण र बिजुलीको काम भने अधुरै छ ।
विभागका इन्जिनियर विनोद ओझा यी काम एक महिनाभित्रै पूरा हुने दाबी गर्छन् । भारत सरकारको लगानीमा सञ्चालित परियोजना तीन चरणमा पूरा हुने उनले बताए । प्रथम चरणमा जयनगर(कुर्था, दोस्रोमा कुर्था(भंगहा (१७ किमि) र तेस्रोमा भंगहा(बर्दिबास (१७ किमि) गरी ६९ किमि रेल विस्तार तथा स्तरोन्नति परियोजना सञ्चालन हुनेछ । दोस्रो चरणको कुर्थादेखि भंगहासम्म पनि धमाधम काम भइरहेको ओझाले बताए । ‘रेल्वे स्टेसन, पुलपुलेसा, कल्भर्ट तथा लिकमा माटो पुर्ने काम भइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा सञ्चालन भएको अर्को तीन महिनाभित्र दोस्रो चरणमा समेत रेल सञ्चालन हुन्छ ।’
तेस्रो चरणको भंगहादेखि बर्दिबाससम्म १ सय १० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । ‘अधिग्रहण गर्नुपर्ने जग्गाको लगत लिने, जग्गाधनीको नाता प्रमाणितलगायत काम हुँदै छ,’ इन्जिनियर ओझाले भने । कान्तिपुरबाट
प्रतिक्रिया