गुणस्तरीय शिक्षाका लागि डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना
सारांश
- काठमाडौं ।
- नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एककिसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रमल्याएको छ ।
- मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।
काठमाडौं । नेपालका कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पुर्याएर संचारको क्षेत्रमा एककिसिमको क्रान्ति नै ल्याएको डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उद्देश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रमल्याएको छ ।
मुलुकका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थी उचित प्रोत्साहन र शैक्षिक सामाग्रीको अभावमा शिक्षाबाट वञ्चित हुन नपरोस् भन्दै डिशहोमले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।
डिशहोमले यस योजना अन्तरगत पर्सा जिल्लाको पोखरीयास्थित, जिल्ला उचांगल रामदेव माध्यमिक विद्यालयका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ । उनीहरूलाई आवश्यक शैक्षिक सामाग्री सहित चिसोे मौसम शितलहरबाट जोगिनका लागि न्यानो टोपि वितरण गरिएको हो ।
डिशहोमका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले डिशहोम उज्जवल भविष्य कार्यक्रम अन्तरगत शैक्षिक सामाग्री वितरण गरेका थिए । डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्देश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।
नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कुलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्र्री साथै प्र्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ । मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहालेपनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठुलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उद्देश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । कम्पनीले तराईका अन्य क्षेत्रमा र पहाडका ग्रामिण इलाकामा पनि निरन्तर शैक्षिक सामाग्री वितरण गर्दै जाने योजना बनाइरहेको छ ।
कम्पनीले सुरू गरेको “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरीय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेकोडिस मिडिया नेटवर्कका महा प्रवन्धक कल्याण अधिकारीले बताए ।

डिशहोम नेपालको एक मात्र आधिकारिक डीटीएच सेवा हो । डिशहोमको सेवा संचालनमा आएपछि नेपालमा भारतिय पे र फ्रि डिशहरु विस्तारै विस्थापित हुँदै गइरहेको छ । भारतीय पे र फ्रि डिशहरुमा नेपाली च्यानल नआउने गुणस्तर कमसल हुने र मर्मत सेवा भंmझटिलो हुने गरेकाले डिशहोम डीटीएच नै ग्राहाकहरुमा लोकप्रिय भएको पाइन्छ । नेपाली, हिन्दी तथा विदेशी च्यानलहरु प्रशारण हुने डिशहोमको जडान मुल्य रु २९९९ र मासिक रु २५० देखिका मासिक प्याकेजहरु उपलव्ध छन् । डिशहोमको सेट टप वक्सहरुमा १ वर्षको वारेण्टि रहेको छ ।

नेपाल सरकार, संचार तथा सुचना प्रविधि मन्त्रालयले अगाडि सारेको डिजिटलाईजेशन नीतिलाई सफल बनाउन अग्रणी भुमिका खेलेको डिशहोमले नेपालको सबैभन्दा होचो स्थान केचनादेखि हिमालका अग्ला स्थानसम्म रहेका घरघरमा टेलिभिजन सिग्नल पु¥याइरहेको छ । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरीय दृष्य पु¥याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।
प्रतिक्रिया