यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३६ पटक हेरिएको
Shares
यस्तो छ, सडकमा खटिने ट्राफिकका पीडा- आँखीभौँ र परेलासमेत खैरो हुन्छ

सारांश

  • काठमाडौं, २८ माघ – चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह ।
  • उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ ।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा छेटु शेर्पाले खबर लेखेका छन् ।

काठमाडौं, २८ माघ – चाबहिलको धुलाम्मे सडकमा हातमा मास्क झुन्ड्याएर सिठी फुक्दै थिए ट्राफिक प्रहरी जवान बैजुकुमार साह । उनी उभिएको ठाउँमा धुलोको चाङ छ, प्रदूषणको स्तर कति होला अनुमान गर्नै मुस्किल छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा छेटु शेर्पाले खबर लेखेका छन् ।

दुवै आँखीभौँ र परेलासमेत खैरो भएको छ । तैपनि हस्याङफस्याङ गर्दै सिठी बजाइरहेका छन् । बिहान ७ बजेदेखि सडकमा खटिन्छन् । सवारीचालक ‘उफ् धुलो’ भन्दै हतारिएर गुड्न खोज्छन् तर उनी एकैछिन उम्किन पाउँदैनन् ।

सवारी चाप र ध्वनि प्रदूषण त कति खेप्नुपर्छ कति ! शरीरमा धुलोले छोपिन बाँकी ठाउँ छैन । सेतो टोपी, टाइसहितको पोसाकमा सजिएका उनको सक्कल स्वरूप धुलोले छोपिदिएको छ ।

चार वर्षयता उपत्यकामा सडक निर्माण, मर्मत र सवारीसाधनको प्रदूषणका कारण हजारौं ट्राफिक प्रहरीको स्वास्थ्यस्थिति दर्दनाक बनेको छ । साह त उदाहरण मात्रै हुन् ।

सडकको जाम नियन्त्रण र सवारी व्यवस्थापनको जिम्मा लिएका ट्राफिक प्रहरी प्रदूषणको पहिलो सिकार बनेका छन् । प्रदूषणको दर राष्ट्रिय मापदण्डभन्दा पाँच गुणा बढी पुगेको छ । कत्ति पनि हलचल नगरी १४ घण्टासम्म सडकमा बस्नुपर्ने बाध्यता बोकेका प्रहरी हिजोआज श्वासप्रश्वास, फोक्सो, क्यान्सरजस्ता रोगको सिकार बन्न थालेका छन् ।

२८ वर्षदेखि ट्राफिकमै कार्यरत सइ राजकुमार भट्टराईले केही वर्षदेखि ट्राफिक प्रहरी जागिर छाड्ने र सिभिल प्रहरीमा जानेको संख्या बढेको बताए । दस वर्ष अघिसम्म काठमाडौंका सडकमा फोहोर मात्र हुन्थ्यो, धुवाँधुलो थिएन तर हिजोआज प्रहरीले जीवनको ख्यालै नराखी काम गर्दै आएको सुनाए । ‘धेरै समय उभिनुपर्दाको पीडा छँदै छ, दिनभर धुलोले छपक्कै छोप्छ, ध्वनि प्रदूषणले मानसिक सन्तुलनसमेत गडबड हुने गर्छ’, भट्टराई भन्छन्, ‘दिउँसो धुलो त्यति देखिँदैन, राति गाडीको लाइटमा बढी देखिन्छ ।’ पोसाक नखोल्दासम्म तनावैतनाव हुने उनी बताउँछन् ।

प्रहरीकै राम्रो मानिएको पोसाकमा सजिएर बिहानै सडकमा उत्रिएका प्रहरी साँझ घर पुग्दा परिवारले नै नचिन्ने अवस्था हुने गरेको तीतो अनुभव सुनाउँछन् उनी । ‘दैनिक धोएर लगाएको सेतो टोपी, ज्याकेट, टाई वर्षौंदेखि नधोएजस्तै देखिन्छ’, उनी भन्छन्, ‘सरकारले वर्षमा एकपटक पोसाक दिन्छ तर धुवाँधुलो र घामपानीले एक महिनामै हेरिनसक्नु हुन्छ । दैनिक धुँदा सुक्दैन, आइरनले तताएर सुकाउँछु ।’

धुलो नै खोकेर बस्नुपर्ने भट्टराई बताउँछन् । ‘खोक्दा कालो खकार निस्कन्छ’, उनले भने, ‘जागिर छाडौं अरू के गर्ने ? नछाडौं काम गर्नै मुस्किल परिसक्यो ।’ उपत्यकाबाहिर सरुवा माग्दा नदिएपछि बाध्यताले ज्यान फालेरै काम गरेको उनले बताए । अधिकांश ट्राफिक प्रहरी उपत्यकाबाहिर जाने प्रयासमा छन् तर सरुवा नपाएपछि बाध्यताले काठमाडौंको धुलाम्मे सडकमा बस्न बाध्य भएको उनको भनाइ छ ।

सुकेधारा बिटमा रहेर दैनिक १४ घण्टा ड्युटीमा खट्ने गरेका साहले भने, ‘पिसाब फेर्न र पानी खान पनि पाइँदैन । धुलो त अब सामान्य लाग्न थालेको छ ।’ जाम कहिल्यै सकिँदैन, ड्युटी समय चार घण्टा भए पनि जामले ६ घण्टाभन्दा बढी काम गर्नुपर्ने प्रहरीको बाध्यता छ । ट्राफिक प्रहरीलाई ड्युटीको समयमा आराम गर्ने फुर्सद पनि हँुदैन, तोकिएभन्दा चार सय गुणा बढी काम गर्नुपर्ने उनी बताउँछन् ।

सेवा-सुविधामा ट्राफिकले सिभिल प्रहरीभन्दा एउटा मास्क मात्र बढी पाउँछन् । ‘सेवा-सुविधाबारे हामी बोल्न मिल्दैन’, एक प्रहरीले भने, ‘ श्रीमती र छोरालाई सामान्य खाना खुवाउन पनि धौधौ छ ।’ महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार सन्तोष भण्डारीले आफूहरू धुलो खाने कसम खाएर नआए पनि सबैभन्दा बढी धुलोको मारमा परेको बताए । सवारी आयात व्यवस्थापन र धुवाँधुलो नियन्त्रण गर्न आवश्यक कदम नचाले प्रहरीले सडकको जाम घटाउन नसक्ने उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
महावचिरालङकन थाइल्याण्डका नयाँ राजा घोषित…
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
गगन थापाले भने, गृहमन्त्रीको सोच र क्षमतामै बादल लाग्यो
नेपालको जलस्रोत कब्जा गर्ने भारतीय रणनीतिप्रति सरकारको आपत्ति
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
युक्रेनमा अहिलेसम्मकै ठूलो बमबारी, ३० जनाको मृत्यु, १६० बढी घाइते
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
पुरानो बसपार्क–नयाँ बसपार्क चल्ने २६ माइक्रोबसको रुट परमिट खारेज
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
युरोकप फुटबलः इङ्ल्याण्ड समूह विजेता बन्दै अन्तिम १६ मा
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
बाढीपीडितको उद्दारमा लाग्न नेपाल जेसिजका राष्ट्रिय अध्यक्षको आग्रह
प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक
प्रधानमन्त्री ओली आफैले निरीक्षण गरे सीको सवारी हुने सडक
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा
भ्रमणले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढः सभामुख महरा

तपाईंले छुटाउनुभयो कि?