योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १६, २०७६
|
|
४४ पटक हेरिएको
Shares
योगेश भट्टराईको राजनीतिक यात्राः स्ववियू सभापतिदेखि मन्त्रीसम्म

सारांश

  • विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो ।
  • निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो ।
  • प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो ।

विसं २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा ताप्लेजुङमा भएको चुनावीसभालाई सम्बोधन गर्दै तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बनाउँछु’ भन्नुभएको थियो । निर्वाचनका क्रममा भट्टराई अत्यधिक मतका साथ विजयी हुनुभयो । प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त ग¥यो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिमण्डल गठन भयो । सो मन्त्रिमण्डलमा भट्टराई समेटिनुभएन । वाचाअनुसारको प्रतिबद्धता पूरा नभएको भन्दै कहिलेकाहीँ आलोचना पनि हुने गरेको थियो । अहिले आएर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको भनाइ अनुसार भट्टराई मन्त्री बन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बुधबार भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नियुक्त गर्नुभएको छ । आमा महेन्द्रादेवी र बुबा स्व भीमलालका कान्छा छोराका रूपमा मध्यमवर्गीय परिवारमा उहाँको जन्म भएको थियो । उहाँ दुुई वर्षको छँदा नै बुबा बित्नुुभएको थियो ।

मैवाखोला गाउँपालिकास्थित नारायणी निमाविमा कक्षा ७ सम्मको पढाइ सकेपछि उहाँले सङ्खुवासभाको मादी माविबाट एसएलसी उत्तीर्ण गर्नुभयो । विसं २०३६ को विद्यार्थी आन्दोलनको रापताप विस्तारै गाउँसम्म फैलिँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध गाउँगाउँबाट उठ्नुपर्ने सन्देश मादीसम्म त्यतिबेला पुगिसकेको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आयोजना गरेको अमहड्तालमा उहाँ सक्रिय सहभागी हुनुभयो । संगठित हिसाबले उहाँको राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो ।

एसएलसीपछि उच्च शिक्षाका लागि विसं २०४० मा मन्त्री भट्टराई राजधानीको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । पञ्चायती व्यवस्था विरोधी आन्दोलनका क्रममा विषाक्त दूधका विरुद्धको आन्दोलन १८ वर्षको उमेरमा नै उहाँ पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिनुभएको थियो । विसं २०४१ मा महेन्द्ररत्न क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उपसभापति र विसं २०४३ मा सभापतिमा विजयी हुनुभयो ।

पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अघि बढ्दै जाँदा उहाँले थुप्रैपटक जेलनेल र कठोर यातनासमेत भोग्नुभएको थियो । जेल बसाइँका बेला झापा सङ्घर्षका चर्चित अगुवा हालका प्रधानमन्त्री ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीसँग नजिकबाट अन्तक्र्रिया गर्ने अवसर उहाँले पाउनुभएको थियो ।

मन्त्री भट्टराईले अनेरास्ववियुको काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा वाग्मती अञ्चल कमिटीको सचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँ विसं २०४६ को जनआन्दोलनमा सक्रियरूपमा सहभागी हुनुभयो । विसं २०४६ देखि अनेरास्ववियूको केन्द्रीय कमिटीमा काम गर्नुभएका उहाँ सङ्गठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै २०५१ देखि विसं २०५६ सम्म अध्यक्ष बन्नुभयो ।

उहाँ नेपाली राष्ट्रियताको पक्षमा सङ्गठित ढङ्गले आवाज बुलन्द गर्ने एक देशभक्त तथा राष्ट्रवादी नेताका रूपमा हुनुहुन्छ । उहाँकै नेतृत्वमा भारतले कब्जा गरेको नेपाली भूमि कालापानी फिर्ता गर्न विसं २०५५ जेठमा काठमाडौँदेखि दार्चुलाको कालापानीसम्म काठमाडौँ–कालापानी मार्च अभियान सञ्चालन भएको थियो ।

त्यस्तै उहाँले विसं २०४५ मा भारतले नेपालमाथि गरेको नाकाबन्दीविरुद्ध विद्यार्थी नेताका रूपमा आन्दोलनको अगुवाइसमेत गर्नुभयो । मन्त्री भट्टराईले विसं २०६२÷६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौँ उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गर्नुभयो ।

विसं २०३९ देखि तत्कालीन नेकपा (एमाले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहनुभएका उहाँ पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटी हुँदै विसं २०६५ फागुनमा बुटवलमा सम्पन्न तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वा्चित हुनुभएको थियो । पार्टीको नवौँ महाधिवेशनबाट उहाँ सचिवमा निर्वा्चित हुनुभयो ।

तत्कालीन एमालेको प्रचार विभाग प्रमुख रहनुभएका उहाँ अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँले विसं २०५१ मा ताप्लेजुङ ढुङ्गेसाँघु निवासी बिन्दा घिमिरेसँग विवाह गर्नुभयो । ताप्लेजुङको समग्र विकासका निम्ति उहाँकै सक्रियता र अगुवाइमा विसं २०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’को स्थापना भएको थियो । उहाँ त्यसका संस्थापक महासचिव हुनुहुन्थ्यो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
भारतबाट फर्केपछि प्रधानमन्त्री ओलीले भने, ‘तस्बिर आफैं बोल्छ, मैले थप केही भन्नु पर्दैन’
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
पर्साको स्थानीय तहमा रु एक अर्ब ५५ लाख बेरुजु
कोरोना भाइरसको प्रकोपबाट बच्न सतर्कता अपनाउदै इद उल फित्र मनाउन प्रम ओलीको अनुरोध
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
उमेर नपुगी विवाह गर्ने विद्यालय छाड्न बाध्य
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
अन्तर्राष्ट्रिय श्रमिक दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै
सावधान! बजारमा छ्यापछयाप्ति विषाक्तमिश्रित स्यानिटाइजर
सावधान! बजारमा छ्यापछयाप्ति विषाक्तमिश्रित स्यानिटाइजर
संक्रमितको सख्या घट्दै, आज २७० जना थप
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
वीरगञ्जको मेयरमा एमालेका उम्मेदवार बसुरुद्धिन र उपमेयर सोफियाको नाम सिफरिस
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’
प्रचण्ड चितवनबाट नलडने हल्ला ‘सुनियोजीत दुष्प्रचार’