गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
४१ पटक हेरिएको
Shares
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा

सारांश

  • दाङ, ११ साउन ।
  • लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा भव्य कार्यक्रम गरी मनाएका छन् ।
  • बिद्यार्थीहरुले आफूलाई शिक्षा प्रदान गर्ने गुरू तथा गुरुआमाहरुप्रति श्रद्धाभाव प्रकट गरी बिद्यालयमा गुरु पूर्णिमा मनाएका हुन् ।

दाङ, ११ साउन । लालीगुराँस आवासीय माध्यमिक विद्यालय घोराहीका विद्यार्थीहरुले शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा भव्य कार्यक्रम गरी मनाएका छन् । बिद्यार्थीहरुले आफूलाई शिक्षा प्रदान गर्ने गुरू तथा गुरुआमाहरुप्रति श्रद्धाभाव प्रकट गरी बिद्यालयमा गुरु पूर्णिमा मनाएका हुन् ।

आफूलाई शिक्षा प्रदान गर्ने गुरु तथा गुरुआमाहरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरु तथा गुरुआमालाई आमा बुवासरह मान्ने प्रचलन छ ।

सोही प्रचलन अनुसार विद्यालयका बिद्यार्थीहरुले आफ्ना गुरुहरुलाई खादा, माला र मायाको चिनोले सम्मान गर्दै मिष्ठान्न भोजन खुवाएका थिए । संस्कृतमा “गु” को अर्थ अन्धकार र ”रु” को अर्थ प्रकाश हुन्छ । यसरी गुरु शब्दको विग्रह गर्दा अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति भन्ने हुन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेदव्यासको जन्मजयन्तीका अवसरमा वैदिककालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुण लगाएको मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?