गृहमन्त्री पनि धर्नामा !
सारांश
- जनकपुरधाम, १७ भदाै ।
- प्रदेश सरकारको कानुन कार्यन्वयनको लागि प्रदेश नं.
- २ का आन्तरिक मामिला तथा काुननमन्त्री (गृहमन्त्री) ज्ञानेन्द्र कुमार यादव धर्नामा बसेका छन् ।
जनकपुरधाम, १७ भदाै । प्रदेश सरकारको कानुन कार्यन्वयनको लागि प्रदेश नं. २ का आन्तरिक मामिला तथा काुननमन्त्री (गृहमन्त्री) ज्ञानेन्द्र कुमार यादव धर्नामा बसेका छन् ।संघीय सरकारले प्रदेश सरकारलाई सार्वजनिक विदान दिने अधिकार र राजपत्रमै उल्लेख गरेपनि कानुन भने कार्यन्वयन नगरेको भन्दै मन्त्री यादव स्वयंम धर्नामा बसेका छन् ।
प्रदेश सरकारले कृष्णाष्टमीको अवसरमा दिएको सार्वजनिक विदाको अवज्ञा गरेर नेपाल राष्ट्र बैँक सहित अन्य बैँकहरु तथा जनकपुरका केही कलेजहरु समेत अवज्ञा गरेको भन्दै संघीय सरकार विरुद्ध धर्नामा बसेका छन् ।
गृहमन्त्री यादवले भने, हाम्रो यो धर्ना संघीय सरकारको विरुद्ध हो, संघीय सरकारले राजपत्रमै प्रदेश सरकारको हैसियत र कानुनबारे धारा बनाएपछि संघीय सरकार मातहतका कार्यालयहरु प्रदेश सरकारलाई नटेरेपछि आन्दोलन गर्न बाध्य भएका छौँ, र यो धर्ना शान्तिपूर्ण छ । यसअघि सिडिओ कार्यालय अगाडी पनि धर्ना दिएका थियौ र नेपाल राष्ट्र बैँकले अटेरी गरेपछि त्यसको विरोधमा ३ बजेदेखि ५ बजेसम्म शान्तीपूर्ण धर्ना दिनेछौँ ।
कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले विहिबार नै मन्त्रीपरिषद्को बैठकबाट एक दिने सार्वजनिक विदा दिने निर्णय गरेपनि जनकपुरमा सँचालित बैँक तथा वितीय सँस्था, केही शैक्षिक सँस्थानहरु अटेरी गर्दै आएको छ । यसअघि प्रदर्शनको क्रममा पक्राउ परेका युवाहरु विद्यार्थी सँगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले रिहा गरेको छ भने रिहा भएलगत्तै उनीहरु समेत धर्नामा बसेका छन् ।जनकपुरको शैक्षिक सँस्थानहरु बन्द रहेपनि वकिल टोल स्थित धनुषा साईन्स क्याम्पस भने पठनपाठन गरेर प्रदेश सरकारको कानुनलाई धज्जिया उठाएका हुन् । अटेरी गर्ने बैँकमा विद्यार्थी सँगठनहरुले तालाबन्दी गरेपनि धनुषा साईन्स क्याम्पसको बारेमा चर्चा समेत गरिएको छैन ।
धनुषा साईन्स क्याम्पस संघीय समाजवादी फोरमका एक नेताकै मातहतमा सँचालन हुँदै आएको भन्दै बन्द नगर्ने बताएको बुझिएको छ । प्रदेश सरकारलाई खुल्ला चुनौति नै दिएका हुन् ।
प्रतिक्रिया