राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
राष्ट्रपति द्वारा क्रिकेट खेलाडी सम्मानित, सरकारले खेलाडीकाे जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्न राष्ट्रपतिकाे अाग्रह !

सारांश

  • काठमाडौँ, २९ साउन ।
  • विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएका छन् ।
  • राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगतलाई सम्मान गर्न सरकारलाई सुझाव दिए ।

काठमाडौँ, २९ साउन । विद्यादेवी भण्डारीले सरकारले खेलाडीको क्षमता विकास, सुरक्षा र जीवन निर्वाहको सुनिश्चितता प्रदान गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिको कार्यालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मानमा आज शीतल निवासमा आयोजना गरेको समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रलाई केन्द्रविन्दुमा राखी खेलकूद प्रदर्शन गर्न खेलाडी जगतलाई सम्मान गर्न सरकारलाई सुझाव दिए । “सन् २०१८ मा जिम्बावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले उत्कृष्ट प्रदर्शनी गरेकामा व्यक्तिगत रुपमा म र नेपाली जनता हर्षित छौँ”, राष्ट्रपति भण्डारीले भने ।

राष्ट्रपति भण्डारीले जीवनको कुनै पर्वाह नगरी राष्ट्र र नेपाली झण्डालाई उच्च राख्न गरेको क्रिकेट खेलाडीको प्रयत्नले विश्वमा नेपालको नाम चम्किँदै गएको उल्लेख गर्दै खेलाडीको इमान्दारीले राष्ट्रको इज्जत र गौरव उच्च हुने हुँदा त्यसतर्फ लगनशील भई अगाडि बढ्न आग्रह गरे । सन् २०१८ अगष्टमा जिम्वावेमा सम्पन्न विश्वकप छनोट प्रतियोगिता (आइसिसी)मा नेपाली क्रिकेट टोलीलाई एकदिवसीय मान्यता प्राप्त भएको थियो । सो छनोट प्रतियोगितामा एक दिवसीय खेलमा नेदरल्याण्ड्ससँग एक खेल जीतसँगै बराबरी गरी क्रिकेट टोली नेपाल फर्किसकेकोे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल
भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित
भालुले अन्नबाली खाइदिएपछि स्थानीय चिन्तित
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
जहाज उडाउन छोडेर निगका दुई क्याप्टेन आन्दोलनमा, क्याप्टेनको दादागिरीका कारण उडान तालिका तहसनहस ।
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
गृहमन्त्री श्रेष्ठद्वारा अस्थायी प्रहरीचौकीको भवन उद्घाटन
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
जब ७० वर्षीय अवकाशप्राप्त शिक्षकले १९ वर्षीय छात्रालाई भगाए!
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
फिफा विश्वकप : अमेरिका र इंग्ल्याण्ड बीचको खेल गोलरहित बराबरी
झोलुङ्गे पुलले यात्रामा सहज
झोलुङ्गे पुलले यात्रामा सहज
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
महान खेलाडी पेले अहिले घरबाहिर निस्कन पनि संकोच मान्छन्
उपचारका लागि दक्षिण कोरियाबाट सहयोग
चीनका नयाँ प्रधानमन्त्री ली चियाङको पृष्ठभूमि कस्तो?
चीनका नयाँ प्रधानमन्त्री ली चियाङको पृष्ठभूमि कस्तो?