अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २३, २०८०
|
|
४३ पटक हेरिएको
Shares
अलपत्र आयोजना सक्न सरकारको ध्यानाकर्षण

सारांश

  • बलेवा ।
  • बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
  • सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ ।

बलेवा । बागलुङ जिल्ला समन्वय समितिको दोस्रो जिल्ला सभाले अलपत्र परेका मुख्य आयोजना तत्काल पूरा गर्न सङ्घीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । सभाले मध्यपहाडी लोकमार्गसहित रणनीतिक सडक, अस्पताल, स्वास्थ्यचौकी जस्ता करोडौँका आयोजना समयमा नसक्दा जनताले सास्ती खेप्नुपरेकाले समयमै पूरा गर्न आग्रह गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख अमर थापाका अनुसार सभाले समपुरक कोषमार्फत् सञ्चालित धेरै आयोजना सङ्घ र प्रदेशको बजेट निकासा नभएर अलपत्र परेको भन्दै पालिकालाई दोहोरो भार पार्ने काम रोक्न माग गरेको छ ।

त्यस्तै दक्षिण बागलुङ जाने मालढुङ्गा कुश्मीसेरा सडकको गलुवा पहिरो नियन्त्रणका लागि बैठकले पहल गरेको छ । राष्ट्रपति शैक्षिक सुधार परियोजनामा निर्माण भएका भवनको रकम निकासा नभएको, काम गर्दा गर्दै बेरुजू आउने समस्या समाधानमा पनि समितिले चासो राखेको हो । सो अनुसार काम अगाडि बढाउने निर्णय समेत गरेको हो ।

पटक–पटक तेलको मूल्य घट्दा पनि सवारीको भाडादर नघटेको, कच्ची सडक हुँदाके भाडादर पक्की बन्दा पनि नघटाइएकोमा सभाले चासो राखेको थियो । सो को कार्यान्वयनका लागि प्रमुख जिल्ला अधिकारी र यातायात व्यवस्था कार्यालयमार्फत् पहल गर्ने निर्णय गरिएको समन्वय अधिकारी कृष्णराज गौतमले बताए ।

बैठकमा तमानखोलाको बोङगादोभान बजार र निसीखोला गाउँपालिकाको हुल्दी पहिरो प्रभावित क्षेत्रमा आवस्यक लगानी भित्राएर संरक्षणका कार्यक्रम संचालन गर्नुपर्ने समेत निर्णय गरिएको बताइएको छ ।

बजार क्षेत्रमा देखिने अखाद्य बस्तुको बिक्री बितरणमा कडाइ गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिने, नियमित अनुगनमका लागि पहल गर्ने प्रक्रियासमेत अगाडि बढाउनुपर्ने निर्णय गरिएको हो । जिल्लाभित्रका सरोकार राख्ने विषयमा छलफल गर्नुको साथै बैठकले सबै पालिकालाई तीन दिनभित्र आफ्नो आफ्नो पालिका भित्रका अलपत्र योजनाको सूचिकरण गर्न पनि निर्देशन दिएको छ ।

उक्त निर्देशन अनुसार अलपत्र परेका योजना कति छन्, कता छन्, कति लगानी भयो, कति आवश्यक छ । काम गर्ने ठेकेदारको बिवरण र अहिले सम्म के कति काम सम्पन्न भएको जानकारी माग गरिएको थापाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता
विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
फुलह्याममाथि चेल्सीको १-० को जित
फुलह्याममाथि चेल्सीको १-० को जित
‘सरकार अझै सशक्त’
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ ः प्रधानमन्त्री देउवा
संविधान कार्यान्वयन गर्ने जिम्मेवारी पूरा भएको छ ः प्रधानमन्त्री देउवा
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
घरमै बसौ सरकारलाई सघाउ
घरमै बसौ सरकारलाई सघाउ
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै
धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै