टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ८, २०७९
|
|
३३ पटक हेरिएको
Shares
टेलिकमले ल्याये दशैँ अफर, ४९ रुपैयाँमा अनलिमिटेड डाटा र भ्वाइस, रिचार्ज गर्दा बोनस

सारांश

  • काठमाडौ / नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ ।
  • कम्पनीले नेपालीहरुको महान पर्वका अवसरमा असोज ९ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको हो ।
  • उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ ।

काठमाडौ / नेपाल टेलिकमले चाडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले नेपालीहरुको महान पर्वका अवसरमा असोज ९ गतेदेखि विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको हो ।

उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार डाटा प्याक अन्तर्गत रु, २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु। ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु। ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु। २०० देखि रु। ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु। ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार पहिलो पटक भोल्टे सेवा सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क सेवा पनि उपलब्ध गराइएको छ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *१४१५# डायल गर्नुपर्दछ । कम्पनीको नेपाल टेलिकमु एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?