युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २, २०७५
|
|
४० पटक हेरिएको
Shares
युएईमा अष्टमी गुरुङ आत्महत्या घटना : आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला

सारांश

  • युएई २ जेठ ।
  • यहाँ एक नेपाली महिलाको मृत्यु प्रकरणमा आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला आबुधाबी अदालतले गरेको छ ।
  • गोरखाकाे आरुघाट २ कि अष्टमी गुरुङलाई बंगलादेशी नागरिक साइमन काजीले बलात्कार गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्ने भिडियो सार्वजनिक भएपछि आबु धाबी स्थित नेपाली दूतावासले कुटनैतिक ‘च्यानल’मार्फत कानूनी प्रक्रिया अघि बढाएको थियो ।

युएई २ जेठ ।

यहाँ एक नेपाली महिलाको मृत्यु प्रकरणमा आरोपित बंगलादेशी नागरिक निर्दोष भएको फैसला आबुधाबी अदालतले गरेको छ ।

गोरखाकाे आरुघाट २ कि अष्टमी गुरुङलाई बंगलादेशी नागरिक साइमन काजीले बलात्कार गरेर आत्महत्या गर्न बाध्य बनाएको भन्ने भिडियो सार्वजनिक भएपछि आबु धाबी स्थित नेपाली दूतावासले कुटनैतिक ‘च्यानल’मार्फत कानूनी प्रक्रिया अघि बढाएको थियो ।

सोही मुद्दामा आबुधाबीको उपल्लो अदालतले गएको वैशाख ९ (अप्रिल २८)मा बंगलादेशी नागरिक साइमन काजी निर्दोष भएको फैसला सुनाएको नेपाली दूतावासले जनाएको छ । दूतावासले यहाँको परराष्ट्र तथा सुरक्षा निकायका माथिल्लो तहसम्म समन्वय गरेर मुद्दा टुंगिएको बारे पुष्टि गरेको हो ।

कतिपय नेपाली सञ्चारमाध्यमले घटनालाई आवश्यक भन्दा धेरै उचालेर आत्महत्याको विषयलाई हत्या भनिदिएको कम्पनीले जनाएको छ । घटना प्रति गम्भिर भएको तथा अदालतले गरेको फैसलाको सम्मान गर्ने पनि कम्पनीले जनाएको छ ।

अदालतको फैसलाबारे कम्पनीका जनरल म्यानेजरले दूतावासलाई पत्र लेखेका थिए । अदालतको फैसला पछि सफाइ पाएका बंगलादेशी नागरिक घर बिदामा गएको कम्पनीले जनाएको छ ।

अदालतको फैसलापछि अष्टमी कार्यरत अरबियन गल्फ क्लिनिङ कम्पनीले दूतावासलाई पत्र पठाउँदै आफ्नो कम्पनीको कामदार निर्देष रहेको र यस प्रकरणमा कम्पनीको नाम जोडिनुले कम्पनीले क्षति बेहोर्नु परेको उल्लेख छ । कम्पनीले सामाजिक सञ्जालमा बिना प्रमाण अरुलाई दोष दिएर अन्य कसैको बदनामी गर्न खोज्नेप्रति कानूनी उपचार खोज्ने संकेत गरेको छ ।

अष्टमीको मुद्दामा यहाँका विभिन्न निकायबाट सहयोग पाएको विषय स्मरण गर्दै अनुसन्धान र कानुन अनुसार फैसला भइसकेको विषयमा टिकाटिप्पणी नगर्न, अन्य भ्रम हुने खालका बहस नगर्न अनुरोध गरिएको द्वितीय सचिव कृष्ण अर्याल बताउनुभयो ।

कतिपय नेपाली सञ्चारमाध्यमले घटनालाई आवश्यक भन्दा धेरै उचालेर आत्महत्याको विषयलाई हत्या भनिदिएको कम्पनीले जनाएको छ । घटना प्रति गम्भिर भएको तथा अदालतले गरेको फैसलाको सम्मान गर्ने पनि कम्पनीले जनाएको छ ।

अदालतको फैसलाबारे कम्पनीले लेखेको पत्र र मुद्दा टुुंगिएको विषयबारे युएईको परराष्ट्र मन्त्रालय, सुरक्षा निकायसँग दूतावासले जानकारी लिएको छ । नेपालका विभिन्न निकायमा बुधवार पत्र लेखेर जानकारी गराइने युएईका लागि कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

अष्टमीको मुद्दामा यहाँका विभिन्न निकायबाट सहयोग पाएको विषय स्मरण गर्दै अनुसन्धान र कानुन अनुसार फैसला भइसकेको विषयमा टिकाटिप्पणी नगर्न, अन्य भ्रम हुने खालका बहस नगर्न अनुरोध गरिएको द्वितीय सचिव कृष्ण अर्याल बताउनुभयो ।

अष्टमी गुरुङको शव गएको कात्तिक १८ गते आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएको थियो । आत्महत्या गर्नुअघि परिवारलाई सम्बोधन गरेर मोवाइलमा रेकर्ड गरेको भिडियो परिवारले भेटेपछि एनआरएन मार्फत युएई ल्याइएको मोवाइल डेढ महिनापछि दूतावासमा बुझाइएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Angel Biwash

    Kanunko pani kehi bharosa xaina sulto lai ulto banauxa ultolai sulto banauxa…tyo bangali narapichas bata kehi toucher gadbadi bhayorata badhyatale aatma hatya garnu paryo astami gurungle….

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?