कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
कभानी र एम्बाप्पे नखेलेको खेलमा पिएसजीको सहज जित

सारांश

  • काठमाडौँ ।
  • फ्रेन्च लिग वानमा पिएसजीले टोउलोउसमाथि सहज जित हासिल गरेको छ ।
  • गएराती सम्पन्न खेलमा पिएसजी ४(० गोल अन्तरले विजयी भएको हो ।

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले टोउलोउसमाथि सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजी ४(० गोल अन्तरले विजयी भएको हो । पिएसजको घरेलु मैदानमा भएको खेलमा सहज जित हासिल गरेपनि पिएसजीले आफ्ना दुई स्टार खेलाडीलाई इन्जुरिका कारण गुमाएको छ । यस खेलमा एरिक म्याक्सिमले २ गोल गरे भने मर्क्विनोसले एक गोल गरेका थिए । त्यस्तै एक गोल माथ्यु गोनकालभेसले आत्मघाती गोल गरेका थिए ।

नेइमारको ट्रान्सफर विवाद अझै नसकिएको बेला टिममा नपरेको अवास्थ मा पिएसजीले खेलको १४ मिनेटमा नै एडिसन कभानी घाइते भएपछि मैदानबाट बाहिरिएका थिए भने खेलको ६६औ मिनेटमा किलीयन एम्बाप्पे घाइते भएपछि मैदान छोडेका थिए । कभानीको भन्दा एम्बाप्पेको इन्जुरी चिन्ताजनक रहेको बताइएको छ । एम्बाप्पेलाई हामस्ट्रीङ इन्जुरी भएको बताइएको छ ।

यस सिजनमा खेलेका तीन खेलमा पिएसजीको यो दोस्रो जित हो । यस अघि रेन्नेजसँग पिएसजी पराजित भएको थियो भने पहिलो खेलमा निमेजविरुद्ध जित हासिल गरेको थियो । पिएसजीले अब आगामी शनिबार मेटजविरुद्ध खेल्ने छ भने टोउलोउसले आइतबार एमीइन्सविरुद्ध खेल्ने छ ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?