सरकारलाई समर्थन कि फिर्ता भन्नबारे राजपा अलमलमा
सारांश
- काठमाडौँ ।
- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ ।
- राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे निर्णय भैसकेको छैन ।
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने या नलिनेबारे निर्णय भैसकेको छैन ।
राजपा अध्यक्ष मण्डलको आइतबार बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।
संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे छलफल भएपनि आज सोमबार बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपाका अनिल झाले बताए । संविधान संशोधनको विषयमा छलफल भयो तर सोमबारको बैठकबाट निर्णय हुनसक्ने उनले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया