यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १२, २०७५
|
|
४७ पटक हेरिएको
Shares
यौन दुर्व्यवहार आरोपित त्रिविका निलम्बित सहायक डिन थुनामा

सारांश

  • काठमाडौँ ।
  • यौन दुर्व्यवहारको आरोप लागेका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका निलम्बित सहायक डिन बौवालाल साहलाई पक्राउ गरिएको छ ।
  • महानगरीय प्रहरी वृत्त कीर्तिपुरले बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो ।

काठमाडौँ । यौन दुर्व्यवहारको आरोप लागेका त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका निलम्बित सहायक डिन बौवालाल साहलाई पक्राउ गरिएको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरले बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको हो । उनीविरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ५ दिन थप थुनामा राख्ने अनुमति लिएको छ ।

बर्दिया घर भएकी १६ वर्षीया एक बालिकाले बुधबार दिउसो कीर्तिपुरबाट परीक्षा नियन्त्रण कार्यालय बल्खु जाने बाटोमा यौनजन्य दुर्व्यहार गरेको आरोप लगाएकी थिइन् । काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छात्रा मामाको शैक्षिक योग्यताको प्रमाणपत्र लिन जाँदा साहले दुर्व्यवहार गरेको जाहेरीमा छ । साहविरुद्ध पीडितका बाबुले किटानी जाहेरी दर्ता गरेका थिए । जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी साहविरुद्ध अनुसन्धान गरिरहेको जनाएको छ । जर्बजस्तीकरणको प्रयास गरेको भन्दै विद्यार्थीहरुले साहलाई मोसो दलेका थिए ।

त्रिविले यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई गत बुधबार निलम्बन गरेको थियो । प्रमाणपत्र लिने बेला सोधपुछ गर्दा संवेदनशील अंगमा छोएर यौन दुर्व्यवहार गरेको बालिकाको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?