गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल

सारांश

  • काठमाडाै २० साउन ।
  •   शनिबार बिहान गोक्यो हिमतालमा डुबेका तीनजना विद्यार्थीकाे शव निकाल्न सकिएकाे छैन ।
  •  प्रतिकूल मौसम का कारण शव निकाल्न नसकिएकाे प्रहरीको भनाइ छ।

काठमाडाै २० साउन ।  शनिबार बिहान गोक्यो हिमतालमा डुबेका तीनजना विद्यार्थीकाे शव निकाल्न सकिएकाे छैन । प्रतिकूल मौसम का कारण शव निकाल्न नसकिएकाे प्रहरीको भनाइ छ।
‘हिमतालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, ‘कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो।”खुम्जुङ प्रहरी चौकीबाट करिब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकोप्टर मार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकोप्टर भए पनि प्रतिकुल मौसमका कारण अवतरण हुन सकेन, राईले भने, आज थप टोली गएको छ, शव बाहिर ल्याउन सकिन्छ कि भन्ने आशा छ।

डुबेका विद्यार्थीको उद्धारका लागि अाइतबार बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले बताए । प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो। गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेका थिए।

खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिनै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए। खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भने ‘विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफैं भ्रमणमा गएछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
पाँचखालको तरकारीमा विषादी अवशेष घट्यो : प्रतिवेदन
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
हिमपातले परीक्षार्थी थरथर काप्दै, परीक्षा दिँदै
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
डिआईजीमा झर्ने डरले यी एआईजीले दिए राजीनामा
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
मनकामना हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
म अपराधी भए कांग्रेस पनि अपराधी नै होला नि : प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीद्वारा रेलमार्गको उद्घाटन
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
बलिउड अभिनेत्री करिनाको छोराको नाम तैमुर आलि खान पटौदी…
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै
आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

तपाईंले छुटाउनुभयो कि?