करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०८०
|
|
३७ पटक हेरिएको
Shares
करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो

सारांश

  • मुम्बई ।
  • सन १९९० को दशककी बलउडकी चर्चित अभिनेत्री करिश्मा कपुर फिल्ममा नआएको निकै लामो समय भयो ।
  • दाम्पत्य जीवनको उचार चढाबले कठिन पारिवारिक समस्याको सामना उनले गर्नु परेको छ ।

मुम्बई । सन १९९० को दशककी बलउडकी चर्चित अभिनेत्री करिश्मा कपुर फिल्ममा नआएको निकै लामो समय भयो । दाम्पत्य जीवनको उचार चढाबले कठिन पारिवारिक समस्याको सामना उनले गर्नु परेको छ ।

यिनै अभिनेत्रीले अहिले चलचित्रमा चुम्बनको दृष्य सामान्य हुने गरे पनि आफुहरुको पालामा सिनेमामा चुम्बन गर्न त्यति सहज नभएको बताएकी छिन् । एउटा टेलिभिजनमा अन्तरवार्ताको क्रममा अभिनेत्री करिश्माले सन् १९९६ मा रिलिज भएको फिल्म राजा हिन्दुस्तानीमा चुम्बनको दृष्य छायाँकन गर्न निकै गाह्रो भएको खुलाएकी छिन् ।

राजा हिन्दुस्तानी अभिनेत्री करिश्मा कपूरको निकै मन पराइएको फिल्म थियो । यस फिल्ममा उनीसँग आमिर खान मुख्य भूमिकामा थिए । यो फिल्ममा करिश्मा र आमिरबीचको एउटा चुम्बन दृष्य त्यतिबेला निकै चर्चामा थियो । त्यो चुम्बन दृष्य खिच्नको लागि आफुहरुलाई निकै समय लागेको यी अभिनेत्रीले सम्झना गरेकी छिन् ।

‘यो फिल्ममा आमिर खान र म बीच ओठ जोडेर चुम्बन गर्नु पर्ने लिप लकको एउटा दृष्य थियो । त्यो दृष्य खिच्ने क्रममा हामी दुई जाना नै निकै डराएका थियौं ।’ अभिनेत्री करिश्माले भनिन्,‘त्यो चुम्बनको दृष्यको छायाँकन पुरा गर्न हामीलाई निकै समय लाग्यो । हुन पनि त्यो दृश्यलाई बलिउड उद्योगमा सबैभन्दा लामो समय ओठ जोडेको चुम्बनको दृश्य मानिएको थियो ।’

अन्तर्वार्ताका क्रममा करिश्मा कपूरले आमिर खानसँगको त्यो चुम्बन दृष्यको छायाँकन तीन दिनमा सम्पन्न भएको बताएकी छिन् । करिश्मा कपूरले अन्तर्वार्तामा भनिन्, ‘यो दृश्य फेब्रुअरीमा अत्यधिक चिसोको समयमा उटीमा छायांकन गरिएको थियो र यसका लागि हामीले ४७ पटकसम्म रिटेक दिनु परेको थियो ।’

अभिनेत्री करिश्माले सो दृष्य छायाँकनको क्रमलाई सम्झना गर्दै भनिन्,‘हामीलाई यो चुम्बनको सुटिङ कहिले समाप्त हुन्छ भन्ने लागेको थियो । एक दिन त हामीले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पनि चुम्बनको यो सिन गर्दा समेत सोचे अनुसार यो सिन ओके भएन ।’ त्यतिबेला चुम्बनको सिन दिन आफु र आमिर खान दुबैलाई सहज नभएको यी अभिनेत्रीले बताएकी छिन् ।

‘आजकाल पनि लामा र कामुक मुद्राका चुम्बनको दृष्य फिल्मदेखि वेभ सिरिजमा देख्न पाईन्छ । यस्ता दृष्यहरु आजकाल दर्शकलाई सहज लाग्ने गरे पनि हाम्रो पालामा यस्तो चुम्बनको दृष्य फिल्ममा दिनु निकै कठिन काम हुन्थ्यो ।’ यी अभिनेत्रीले भनेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
आज मेघगर्जन र हावाहुरी सहित वर्षा हुने
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा
रोटरी क्लबको राष्ट्रिय सम्मेलन राजधानीमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
प्रतिनिधिसभा समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै ‘रास्वपा’ तेस्रो स्थानमा
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
यात्रुको शरीरबाट दुर्गन्ध आएपछि अमेरिकन एयरलाइन्सले जहाजबाट उतारे, पछि उठाए यस्तो कदम
चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाइने
चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाइने
चैत २२ गते शनिबारको राशिफल यस्तो छ
चैत २२ गते शनिबारको राशिफल यस्तो छ
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
ऋण चुक्ता नगर्नेको जग्गा रोक्का गर्न सहकारीद्वारा मालपोतमा निवेदन
बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन
बुटवलमा पहिलो उपमहानगर राष्ट्रिय सम्मेलन
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रदेशसभातर्फको पनि समानुपातिक उम्मेदवारको सूची (सूचीसहित)
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ