प्रचण्डले जित्ने पक्का !

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डले जित्ने पक्का !

सारांश

  • चितवन, मंसिर २५ – चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग जितको नजिक पुग्नुभएको छ ।
  • ताजा मतअनुसार १५ हजार ८ सय ४० मतगणना हुँन बाँकि रहेको चितवन ३ मा प्रचण्ड १० हजार ७ सय ४५ मतले अगाडि हुनुहुन्छ ।
  • पछिल्लो मतअनुसार प्रचण्डको ४१ हजार ५ सय ७४ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३० हजार ८ सय २९ मत रहेको छ ।

चितवन, मंसिर २५ – चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगभग जितको नजिक पुग्नुभएको छ ।

ताजा मतअनुसार १५ हजार ८ सय ४० मतगणना हुँन बाँकि रहेको चितवन ३ मा प्रचण्ड १० हजार ७ सय ४५ मतले अगाडि हुनुहुन्छ । पछिल्लो मतअनुसार प्रचण्डको ४१ हजार ५ सय ७४ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३० हजार ८ सय २९ मत रहेको छ ।

सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डेसँग प्रचण्डले मतगणनाको तेस्रो दिन आइपुग्दा मतान्तर निरन्तर रुपमा बढाउँदै लानुभएको छ । राप्रपाका पाण्डेले जित्नका लागि अब गणना हुँन बाँकि १५ हजार मतमध्ये लगभग १३ हजार मत ल्याउनु पर्ने देखिएको छ ।

पाण्डेको दोस्रो संविधानसभा चुनावमा विजयी भएको क्षेत्र माडीको मतगणना सकिएकाले पाण्डेले अब १३ हजार मत ल्याएर प्रचण्डलाई हराउन कठिन रहेको बताइएको छ ।

(etutorworld.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Lalman Bahadur

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?