सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सवा चार करोडमा यस्तो बन्दै छ कपुरकोट गाउँपालिकाको भवन

सारांश

  • सल्यान, १७ साउन ।
  • कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ ।
  • चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले शिलान्याश गरेका छन् ।

सल्यान, १७ साउन । कपुरकोट गाउँपालिकाको भवन निर्माण कार्य सुरु भएको छ । चार करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको भवनको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले शिलान्याश गरेका छन् ।

भवन शिलान्याश गर्दै उनले भवन निर्माण कम्पनीलाइ निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । भवन अभावमा अहिले भइरहेको समस्या यो नयाँ भवन निर्माण भएपछि हट्ने विश्वास व्यक्ति गर्दै अध्यक्ष सेनले सेवा प्रवाहमा सहजता हुने उल्लेख गरे ।

गत जेठ २३ गतेदेखि २०७७ सालको जेठ २३ गते सम्मको समयमा भवन निर्माण गरिसक्ने गरि रोयल कन्स्ट्रक्सन धनगडी– २ कैलालीले ठेक्का पाएको छ । यस कम्पनीका निर्माण व्यवसायी जिमजियाङ राई (जिम्बा)ले समयमै काम सम्पन्न गर्न आफू तत्पर रहेको बताए ।

यसअघि जिम्बाले निर्धारित समयमै सल्यान स्थीत ईन्जीनियर भवन, शारदा नगरपालिकाको भवन लगायत दर्जनौँ भवन निर्माण गरिसकेका छन् । कपुरकोटस्थित सेवा केन्द्रभित्र रहेको जमिनमा भवन बन्न लागेको हो । भवन निर्माणपछि गाउँपालिका कार्यालयसँगै सम्पूर्ण विषयगत कार्यालयहरु पनि नवनिर्मित भवनमै अटाउने छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?