सफल होला त अनमोल र नीतिको जोडी

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २०, २०८०
|
|
४० पटक हेरिएको
Shares
सफल होला त अनमोल र नीतिको जोडी

सारांश

  • काठमाडौं ।
  • दुई वर्ष अघि एउटा फिल्म ‘एक्स नाईन’ को निर्माण घोषणा गरियो ।
  • यो फिल्म अनमोल केसीलाई अनुबन्धित गरियो ।

काठमाडौं । दुई वर्ष अघि एउटा फिल्म ‘एक्स नाईन’ को निर्माण घोषणा गरियो । यो फिल्म अनमोल केसीलाई अनुबन्धित गरियो । अनमोलका नायिकाको रुपमा नीति शाह सो फिल्ममा अनुबन्धित भईन् । फिल्मको तीन महिना अभिनय कार्याशाला पनि गरियो । तर अन्तिममा यो फिल्म बनेन् । अनमोलको नायिका बन्ने नीतिको चाहना पुरा भएन् ।

यिनै मोडल नीति शाह यतिबेला फेरी अभिनेता अनमोल केसीसँग नयाँ फिल्म ‘रावायण’मा जोडिएकी छिन् । चार दिन अघि रावायणमा अनमोल केसी अनुन्धित भएका थिए । बिहिबार यही फिल्ममा अनमोलको नायिकाको रुपमा नीति शाह अनुबन्धित भएकी हुन् ।

नीति शाह ती अभागी कलाकार हुन् । जो यस अघि विभिन्न सिनेमा जोडिएर पनि उनी अनुबन्धित भएको फिल्म निर्माण भएको छैन । उनले एक्स नाईन अघि पनि ‘हुतुतु’ फिल्ममा नायिकाको भूमिकाको लागि सम्झौता गरेकी थिईन् । तर त्यो फिलम बनेन्।

यस्तै नीति शाह गत वर्ष नेपाली ‘कामिनो’मा नीति नायिकाको रुपमा अनुबन्धित भईन् । सो फिल्ममा प्रदीप खड्का नायकको रुपमा अनुबन्धित भए । तर अहिलेसम्म पनि त्यो फिल्मको छायाँकन सुरु हुन सकेको छैन । सो फिल्म कहिले बन्ने भन्ने टुँगो नलागेपछि आफु सो फिल्मबाट बाहिरिएको उनले बताएकी छिन् । उनी यतिबेला अनमोलकसँग फिल्म रावायणमा जोडिएकी हुन् ।

अनमोल यस्ता अभिनेता हुन् । जसले छायाँकन पुरा नगरेसम्म उनको फिल्म आउँछ भनेर विश्वास गर्न सकिन्न । किनकी यसै वर्ष दुईवटा फिल्ममा अनुबन्धित भएर ती फिल्मको छायाँकनमा नगयी अनमोल एक्कासी यो तेश्रो फिल्म रावायणमा जोडिएका हुन् । अनमोलले रावायण खेल्ने भएपछि छायाँकन हुने तयारीमा रहेका दुई फिल्मको निर्माण अलपत्र परेको छ ।

यता आफु रावायणकै लागि मुम्बईबाट काठमाडौं आएको नीतिले बताएकी छिन् । नीतिले आफु यो फिल्ममा सिताको भूमिकामा रहेको पनि खुलाएकी छिन् । यो फिल्ममा अनमोल भने दोहोरो भूमिकामा प्रस्तुत हुने भएका छन् ।

फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । फिल्मको निर्मातामा सुदर्शन पत्नी सुप्रिया कुटवाल छिन् । सुप्रियाले अनमोल र नीतिसँग सम्झौता गरिएको तस्बिर बिहिबार सामाजिक सञ्जालबाट शेयर गर्दै यो फिल्मको निर्माण तयारी तिव्रगतिमा भईरहेको बताएकी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्ती बस दुर्घटनामा दुईको मृत्यु
जन्ती बस दुर्घटनामा दुईको मृत्यु
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छः मुख्यमन्त्री जम्कट्टेल
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
प्रदेश प्रमुखमा नेता महन्थ ठाकुरका सम्धिदेखि सिएनएनका हिरोसम्म
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
सुनुवाइ समिति बन्नुभन्दा अगाडि नै प्रधानन्यायाधीशको नाम सिफारिश : कानून मन्त्री
तीज पर्वले सामाजिक, सांस्कृतिक एकतालाई सुमधुर बनाउने : राष्ट्रपति
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
यि हुन् काठमाडाैमा काेठा नपाउने सांसद !
हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !
हिमतालमा डुबेका विद्यार्थीको खाेजिकार्य सुरु !
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
एनपिएल : हालसम्मको खेलमा मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
फिफा वरियतामा नेपालकाे सुधार, दक्षिण एसियामा तेस्राे स्थानमा !
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा