गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
गोर्खाल्याण्ड आन्दोलनमा मारिनेको संख्या ८ पुग्यो

सारांश

  • दार्जिलिङ : पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ ।
  • गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको स्थानीय पत्रकार मनोहर शर्माले जानकारी दिनुभयो ।
  • घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् ।

दार्जिलिङ : पश्चिम बंगालको नेपाल-भारत सीमावर्ती मिरिक बजारमा सोमबार राति भारतीय अर्धसैनिक बल सिआरपीएफको गोलीबाट गोर्खाल्याण्ड पक्षधर एक जनाको ज्यान गएको छ । गोर्खाल्याण्डको पक्षधर गोर्खा जनमुक्ति मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन खोज्दा सिआरपीएफले चलाएको गोलीबाट मिरिकको मकरजुङ गाउँका ४५ बर्षीय आशिष तामाङको मृत्यु भएको स्थानीय पत्रकार मनोहर शर्माले जानकारी दिनुभयो ।

घटनामा पाँच जना भन्दा बढी घाइते भएका छन् । गम्भीर घाइतेलाई उपचारका लागि दार्जिलिङ लगिएको छ भने केहीको मिरिक अस्पतालमा उपचार भइरहेको शर्माले बताउनुभयो । दिउँसो मिरिक नगरपालिका वाड न ५ कृष्ण नगरको प्रहरी बुथमा अज्ञात समूहले आगजनी गरेपछि मोर्चा र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडपको अवस्था सिर्जना भएको थियो । दुवै समूहले एक अर्कालाई आगजनीको आरोप लगाएका थिए । साँझ आगजनीको विरोधमा गोर्खाल्याण्ड मुभमेन्ट कोअर्डिनेशन कमिटिमा आवद्ध दलका कार्यकर्ताले निकालेको र्‍यालीमा सहभागी र तृणमुल कांग्रेसका कार्यकर्ता बीच झडप हुन लागेपछि शुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनापछि मिरिकमा शुरक्षा व्यवस्था कडा पारिएको छ । यसअघि शुरक्षाकर्मीको गोलीबाट ७ जना सर्वसाधारणको मृत्यु भैसकको छ । असार २ गते राति सडकमा हिडिरहेका टासी भुटियाको शुरक्षाकर्मीको गोलिबाट मृत्यु भएको थियो । सुरज सुन्दास, समीर गुरुङको असार २४ गते, सोही घटनामा घाइते भएका अशोक तामाङ (उपचारको क्रममा) विमल गजमेर, सुनिल राई र महेश गुरुङको असार ३ गते प्रहरीको गोलीबाट मृत्यु भइसकेको छ ।

गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले यसअघि नै शुरक्षा कर्मीको दमनको स्वतन्त्र सिविआई जाँच गर्न माग गर्नु भएको छ । उहाँले पछिल्ला घटनालाई मानव अधिकार विरुद्धको कदम भन्दै कडा शब्दमा आलोचना गर्नुभएको छ ।
अन्नपूर्णपोस्ट बाट साभार ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
ला लिगा : बार्सिलोनाद्धारा लेभान्ते पराजित, मेस्सीको ह्याट्रिक
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
पर्यटकको भेषमा नेपालमा आईएस भित्रिरहेको हुनसक्छः गृह राज्यमन्त्री
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
हेड टु हेडको दोस्रो चरणमा सिंगापुरकी पेह विजेता, शृंखला रुदै भनिन सरि नेपाल (भिडियो सहित)
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका
देउती सामाजिक यथार्थवादी उपन्यास हो: काका
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
Ram Avatar Bhardawaj to play Atal Bihari Vajpayee in Anupam Kher’s The Accidental Prime Minister!
नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ
नेपालको १०० रन पूरा, क्रिजमा सागर र आरिफ
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव
तोकिएकै मितिमा निर्वाचन हुन्छ: प्रमुख आयुक्त यादव
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
देशमा आतङ्क मच्चाउने,राष्ट्रलाई विखण्डन गर्ने शक्तिसँग सरकार झुकेर बस्न सक्दैन : मन्त्री पोखरेल
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन
संस्थागत विद्यालयलाई व्यवस्थित गर्न १६ बुँदे निर्देशन