वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १४, २०७६
|
|
५४ पटक हेरिएको
Shares
वाग्मती सफाइमा विद्यालय र सामाजिक संस्था सहभागी गराइने

सारांश

  • मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ ।
  • घरदेखि नै वाग्मती सफा राखौँ भन्ने आग्रहका साथ शुरु भएको अभियानले आज विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको छलफलपछि यस्तो जानकारी दिइएको हो ।
  • गुह्येश्वरीमाथिको वाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले विद्यालय एवं सामाजिक संस्थालाई पनि चेतनामूलक अभियानमा सहभागी गराउने भएको छ ।

घरदेखि नै वाग्मती सफा राखौँ भन्ने आग्रहका साथ शुरु भएको अभियानले आज विद्यालय एवं समाजिक संस्थाका प्रतिनिधिसँगको छलफलपछि यस्तो जानकारी दिइएको हो । गुह्येश्वरीमाथिको वाग्मती किनार सफाइको जिम्मामा विभिन्न विद्यालय र सामाजिक संस्थालाई दिने गरी काम शुरु गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

आउँदो शनिबारदेखि माथिल्लो भेगको वाग्मती सफाइ अभियानलाई हप्ताको सातै दिन सञ्चालन गर्ने तयारीसमेत भएको जनाइएको छ । गोकर्णेश्वर नगरपालिका–८ स्थित जया मल्टिपल क्याम्पसमा भएको छलफलमा आकाशदीप, गोकर्णेश्वर लाइट एकेडेमीलगायत शैक्षिक संस्थाका प्राचार्य÷प्रधानाध्यापकको सहभागिता थियो ।

वाग्मती सुन्दरता सरोकार मञ्चका सबै वडाको अलग अलग बैठक राखी योजनालाई सफल पार्न लाग्ने अध्यक्ष पुडासैनीले बताउनुभयो । मञ्चले गुह्येश्वरीमाथिको वाग्मती नदी किनारमा पर्ने काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका वडामा वडा समितिसमेत गठन गरेर सफाइमा परिचालन गर्दै आएको छ ।

सफाइ अभियान र चेतनामूलक कार्यक्रम समानान्तर रुपमा अघि बढाउने तयारी भइरहेको मञ्चले जनाएको छ । छलफलमा तीन नं प्रदेशको नामकरण सभ्यताको स्रोत वाग्मती नदीका नामबाट गरिएकामा खुशी व्यक्त गर्दै सफाइ अभियानमा प्रदेश सरकारको समेत साथ सहयोग माग गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?